बालुवाटारमा समाजवादी मोर्चाको बैठक

काठमाडौं— समाजवादी मोर्चाको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा मोर्चामा आबद्ध दलका शीर्ष नेताहरू सहभागी छन् ।
बैठकमा सरकारको एक वर्षको समीक्षाका आगामी राष्ट्रिय सभा निर्वाचन र मोर्चाको गतिविधिका विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।
गत असारमा नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरूले समाजवादी मोर्चा गठन गरेका थिए । मोर्चाको पहिलो बैठक असार २३ गते बसेको थियो ।
मोर्चा गठनको औचित्यबारे जानकारी दिने भन्दै सातै प्रदेशमा सभा गरे पनि त्यसयता भने मोर्चा निष्कृय जस्तै छ ।
प्रकाशित मिति: बुधबार, पुस ११, २०८० ०९:३३