News Griha :: न्यूजगृह
राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले सुनाए एक वर्षे उपलब्धि [पूर्णपाठ]

काठमाडौं—  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकाल एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।

उनले सम्बोधनका क्रममा अब सरकारको गियर बढाउने बताउँदै काम गर्न नसक्नेहरू बिदा भएर जानु पर्ने उल्लेख गरे ।

प्रचण्डले एक वर्षे कार्यकालमा कयौँ उपलब्धि भएको सुनाउँदै ८० को दशकलाई विकासको दशक बनाउने पनि बताए ।

प्रचण्डले कार्यशैली बदल्ने बताएका छन् । केही पूर्वनिर्धारित र अपरिहार्य बाहेकका कार्यक्रममा नजाने उनले बताए । साथै नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी, विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने  प्रधानमन्त्रीको प्रतिवद्धता छ ।

 

पढ्नुहोस् पूर्णपाठ

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १७:५९
Weather Update