News Griha :: न्यूजगृह
सङ्क्रमणकालीन न्यायलाई टुंग्याउने विषयमा बालुवाटारमा तीन दलको बैठक
फाइल तस्बिर

काठमाडौं— प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताको छलफल शुरु भएको छ ।​​​

सङ्क्रमणकालीन न्यायलाई टुंग्याउने विषयमा छलफल गर्न लगातार दोस्रो दिन पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित कांग्रेस, एमाले र माओवादीका शीर्ष नेता छलफलमा जुटेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफलमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओलीसहितका नेता सहभागी छन् ।

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १७:३८
Weather Update