News Griha :: न्यूजगृह
प्रधानमन्त्री प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्दै 

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार  राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । 

आफू नेतृत्वको सरकारको कार्यकाल एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट साँझ ५ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

Prabhu Bank

तेस्रोपटक प्रधानमन्त्री भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो कार्यकाल एक वर्ष पूरा गरेको यो पहिलोपटक हो ।
यसअघिका कार्यकालमा उनले नौ/नौ महिनामात्रै सरकारको नेतृत्व गरेका थिए ।

प्रधानमन्त्री स्वयंले विभिन्न कारणले अपेक्षित काम गर्न नसकेको भन्दै बाँकी एक वर्षमा गति बढाउने बताएका छन् ।

गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डलाई नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत दलले समर्थन गरेका थिए ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  ०६:२३
Weather Update