News Griha :: न्यूजगृह
तीन दलबीचको छलफल सकियो, के भयो सहमति?

काठमाडौं— सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी विधेयक) मा छलफल गर्न बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठक सकिएको छ ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेताहरूले छलफल सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । माओवादी सशस्त्र युद्धमा समयमा भएका घटनाहरूको सत्य निरुपण, मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको खोजी गरी शान्ति प्रक्रियाको काम टुंगो लगाउने भन्दै सरकारले प्रतिनिधिसभामा बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण आयोग ऐनको संशोधन विधेयक दर्ता गरेको छ ।

trc-bill-meeting-congress-uml-moist-1703513643.jpg

तर विधेयकमा सरकारले गरेका केही प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले असहमति जनाएका कारण विधेयक प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा अड्किरहेको छ । सोही विधेयकलाई अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेतासहितको बैठक राखेका हुन् ।

एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले सरकार पीडितमैत्री कानुन बनाउन तयार भएपछि सोमबारको छलफल सकारात्मक भएको छ । ‘पीडितमैत्री कानुन बनाउन सरकार तयार भएको छ, त्यो आधारबाट अगाडि बढ्दा हामी सहमतिको नजिक नजिक छौं,’ उनले भने ।

यद्यपि यो विषयमा शीर्ष नेताहरूबीच अझै केही छलफल हुने उनले बताए ।

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १९:५९
Weather Update