News Griha :: न्यूजगृह
सांसदहरू पक्राउपछि सभामुखले गरे गृहमन्त्री र प्रहरी प्रमुखसँग सोधपुछ, लगत्तै रिहा

काठमाडौं— सभामुख देवराज घिमिरेले जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउत, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान पक्राउ परेकोबारे गृहमन्त्री र प्रहरी महानिरीक्षकसँग जानकारी मागेका छन् । 

सभामुखले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी प्रमुख वसन्तबहादुर कुँवरलाई फोन गरी पक्राउ परेकोबारे जानकारी मागेका थिए । राउतसहितका नेताहरु सोमबार माइतीघरमा प्रदर्शनका क्रममा पक्राउ परेका थिए ।

सभामुखको फोनपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले भृकुटीमण्डप पुगेर उनीहरूलाई छुटाएका थिए । पक्राउ परेका सबै रिहा भइसकेका छन् ।   

 

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १४:४८
Weather Update