News Griha :: न्यूजगृह
माइतीघरबाट सांसद सीके राउत पक्राउ

काठमाडौं— माइतीघर मण्डलामा ‘धोती दिवस’ मनाउन जम्मा भएका जनमत पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य सीके राउतसहितलाई प्रहरीले पक्राउ गरेको छ ।

जनमत पार्टीको विद्यार्थी संगठनको आयोजनामा भएको कार्यक्रममा अध्यक्ष राउतसहित नेता कार्यकर्ता धोती लगाएर प्रदर्शनमा उत्रिएका थिए । उनीहरूलाई प्रहरीले धरपकड गर्दै नियन्त्रणमा लिएको हो । प्रहरी र जनमतका कार्यकर्ताबीच धकेला धकेल समेत भएको थियो ।

सरकारले माइतीघर मण्डलासहित वरपरको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।  

ck-raut-arrested-1-1704083507.jpg

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १०:१७
Weather Update