विदेश गएर काम गर्छु भन्दा गोली हानेर मार्ने?
संसदीय समितिमा एमाले सांसदले मागे गृहमन्त्रीको राजीनामा

काठमाडौं— प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरिएको छ ।
सोमबार बसेको समितिको बैठकमा नेकपा एमाले सांसद राजेन्द्र राईले गृहमन्त्री नारायणकाजी श्रेष्ठले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।
उनले भने, ‘मन्त्रीज्यू, तपाईं राजीनामा दिनुस् । छानबिन र तलका मानिसलाई कारबाही पनि गरियो । अब तपाई राजीनामा दिनुस्, दिनैपर्यो ।’
उनले युवाले विदेश गएर काम गर्छु भन्दा गोली हानेर मार्नेले राजीनामा नदिएर कस्ले दिन्छ, भन्दै प्रश्न समेत गरेका छन् ।
प्रकाशित मिति: सोमबार, पुस १६, २०८० ११:३८