News Griha :: न्यूजगृह
प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

काठमाडौं— परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन काठमाडौं आएका भारतीय विदेशमन्त्री एस जयशङ्करले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेपछि जयशङ्कर प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका थिए । भेटमा द्विपक्षीय हितका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

pm=prachanda-s-jayshankar-1-1704353153.jpg

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १३:११
Weather Update