News Griha :: न्यूजगृह
एक महिनापछि स्वीकृत भयो प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार गजुरेलको राजीनामा

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ । 

बिहीबार प्रधानमन्त्री कार्यालयले मंसिर २० देखि लागू हुनेगरि गजुरेलको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री दाहालले गजुरेललाई गत माघ ९ गते प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका थिए । प्रधानमन्त्री दाहालले आफ्नो सरसल्लाह र कुरा नसुनेको भन्दै गजुरेलले राजीनामा दिएको बताएका थिए । गजुरेल माओवादी केन्द्रका उपमहासचिव हुन् । 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १३:२६
Weather Update