News Griha :: न्यूजगृह
प्रमुख दलका शीर्ष नेताहरूको बैठक आज पनि बस्दै

काठमाडौं— राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको संयुक्त बैठक बिहीबार फेरि बस्दै छ ।

बुधबार बेलुकाको छलफल टुङ्गोमा पुग्न नसकेपछि बिहीबार बिहान ९ बजे फेरि बैठक बस्न लागेको एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

बिहीबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताको संयुक्त बैठक बसेको थियो । सो बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभाको सिट बाँडफाँटमा एमालेलाई नछुटाउन आग्रह गरेका थिए ।

एमालेको सो आग्रहबारे के गर्ने भन्ने टुंगो नलागेपछि आआफ्नो दलभित्र छलफल गरेर पुनः बैठक बस्ने सहमति भएको थियो । सोही सहमति अनुसार आज बिहान दलका शीर्ष नेताहरू फेरि बैठक बस्न लागेका हुन् ।

राष्ट्रिय सभाका २० सदस्यको कार्यकाल आगामी २० फागुनमा सकिँदै छ, जसमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनासहित ९ जना एमालेबाट निर्वाचित सदस्य छन् । 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  ०७:३२
Weather Update