एमाले अध्यक्ष ओली र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता, के भयो कुराकानी?

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
ओलीलाई भेट्न रास्वपा सभापति लामिछाने बालकोट पुगेका थिए । दुई नेताबीच एक घण्टा कुराकानी भएको बालकोट स्रोतले जानकारी दियो । रास्वपा सहप्रवक्ता प्रतिभा रावलका अनुसार भेटमा समसामयिक विषयमा कुराकानी भएको छ ।
अघिल्लो वर्षको पुस १० गते केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा रास्वपाले पनि साथ दिएको थियो । पछि राष्ट्रपति निर्वाचनमा माओवादीले कांग्रेसलाई सहयोग गरेपछि एमालेसँगै रास्वपाले पनि प्रचण्ड नेतृत्वको सरकार छोडेको हो ।
प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८० १४:०७