News Griha :: न्यूजगृह
यी हुन् माओवादीबाट राष्ट्रिय सभाका ६ उम्मेदवार 

काठमाडौं— सत्तारुढ नेकपा माओवादी केन्द्रले आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका ६ जना उम्मेदवारको नाम टुंगो लगाएको छ ।

सोमबार उम्मेदवारी मनोनयन गर्नुपर्ने भएपछि माओवादीले राष्ट्रिय सभामा पठाउने सबै ६ जनाको नाम टुंगो लगाएको हो । माओवादीले कोशीबाट चम्पादेवी कार्की, बागमतीबाट श्रीकृष्ण अधिकारी, गण्डकीबाट मनरूपा शर्मा, कर्णालीबाट विष्णु बिक, लुम्बिनीबाट झक्कु सुवेदी र सुदूरपश्चिमबाट रेणु चन्दको नाम टुंगो लगाएको हो ।

माओवादी केन्द्रका महासचिव देव गुरुङले उम्मेदवारको नाम टुंगो लगाएको बताए ।  

‘प्राविधिक रुपमा मिल्ने नमिल्ने हामी हेर्दै छौँ। समानुपातिकको सूचीमा केहीको नाम छ। त्यसलाई कानुन रुपमा फाइनल गरेपछि सूची तयार हुन्छ’, उनले भने। 

माओवादी सचिव देवेन्द्र पौडेलले क्लस्टरवाइज पाएको नाम टुंगो लगाएको जानकारी दिए । आइतबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रिय सभाका १९ वटै सिटको भागबन्डा गरेको थियो ।

जसअनुसार माओवादी भागमा ६ सिट परेको छ। आगामी फागुनदेखि माओवादीका ३ सदस्यको पद रिक्त हुँदै छ।  नेपाली कांग्रेसले राष्ट्रिय सभाका लागि १० सिट लिने समझदारी भएको छ । 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १५:०२
Weather Update