राष्ट्रिय सभा निर्वाचनबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मुलुकको समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको बताए ।
उनले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपस्थित हुन पार्टी पदाधिकारी एवं सदस्यलाई अनुरोध गरेको पनि बताए ।
प्रकाशित मिति: शनिबार, पुस २१, २०८० ०७:०५