News Griha :: न्यूजगृह
भारतीय विदेशमन्त्री एस जयशङ्कर स्वदेश फिर्ता 

काठमाडौं— दुई दिने औपचारिक भ्रमण पूरा गरेर भारतीय विदेशमन्त्री एस जयशङ्कर स्वदेश फिर्ता भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्रमन्त्री एनपी साउदले बिदाइ गरे । 

बिहीबार नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठकमा काठमाडौं आइपुगेका जयशङ्करले बिहीबार नै उच्चस्तरीय  भेटवार्ता गरेका थिए । भ्रमणका क्रममा नेपाल भारतबीच विभिन्न सहमतिमा हस्ताक्षर गरिएको थियो ।

जयशङ्करले शुक्रबार बिहान पशुपतिनाथ मन्दिरको दर्शनसँगै रुद्राक्षको वृक्षारोपण समेत गरेका थिए । 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १४:१५
Weather Update