राष्ट्रिय सभा निर्वाचन : अन्तिम मतदाता नामावली प्रकाशन, सबैभन्दा धेरै मतदाता मधेस प्रदेशमा

काठमाडौं— राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आइतबार सातवटै प्रदेशको अन्तिम मतदाता नामावली प्रकाशन भएको छ ।
निर्वाचन आयोगको प्रदेश निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको नामावली अनुसार निर्वाचनमा २०४७ जनाले मतदान गर्ने उल्लेख छ ।
अन्तिम मतदाता नामावली अनुसार प्रदेश सभा सदस्य ५४९ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १४९८ जनाले मतदान गर्ने भएको आयोगका सहसचिव एवम् प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार सबैभन्दा धेरै मतदाता मधेस प्रदेशमा छन् । मधेस प्रदेश सभा सदस्य १०७ जना र स्थानीय तहका प्रमुख र उपप्रमुख २६७ जना गरी कुल ३४७ जना मतदाता छन् ।
प्रकाशित मिति: आइतबार, पुस २२, २०८० १७:२०