News Griha :: न्यूजगृह
माओवादी केन्द्रका महासचिव देव गुरुङ भ्रष्ट र फन्टुस!
माओवादी केन्द्रका महासचिव देव गुरुङ भ्रष्ट र फन्टुस! नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोरख केसीले भूकम्प पीडितका लागि चीनले पार्टीमार्फत गरेको राहत सामग्रीमा भ्रष्टाचार भएको आरोप लगाएका छन् । चिनियाँ महिलामाथि हातपात गरेको आरोपमा पार्टीले सोधेको स्पष्टीकरणको जवाफ लेख्दै केसीले ती महिलाको हर्कतको समेत विस्तृतमा लिखित जानकारी गराएका छन् ।
विधिमा नबाँधिए पार्टी सुदृढ हुँदैन : रवीन्द्र मिश्र
विधिमा नबाँधिए पार्टी सुदृढ हुँदैन : रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले विधिमा नबाँधिई पार्टीलाई सुदृढ बनाउन नसकिने बताएका छन् । राप्रपा काठमाडौं क्षेत्र नम्बर ४ को शनिबार भएको क्षेत्रीय भेलामा उनले पार्टीका एजेन्डा जनतालाई बुझाउन सक्नुपर्ने बताए ।
केन्द्रबिन्दुमा कृष्ण सिटौला
केन्द्रबिन्दुमा कृष्ण सिटौला अढाइ दशकयता राष्ट्रिय र दलीय राजनीतिको केन्द्र विन्दुमा रहेका सिटौलालाई संकटमोचकका रुपमा पनि लिने गरिन्छ । कतिपय विश्लेषकहरूले सिटौलालाई देशका लागि ‘क्राइसिस म्यानेजमेन्ट म्यान’का रुपमा पनि बुझ्ने गरेका छन् । समन्वयकारी र सन्तुलित भूमिकाका कारण सिटौला प्रतिस्पर्धी दलका नेताहरूका पनि प्रिय मानिन्छन् । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउँदै माओवादीलाई शान्तिपूर्ण...
कोशीका आन्दोलनकारीसँग वार्ता गर्न समिति गठन, छैन कांग्रेसको प्रतिनिधित्व 
कोशीका आन्दोलनकारीसँग वार्ता गर्न समिति गठन, छैन कांग्रेसको प्रतिनिधित्व  कोशीका मुख्यमन्त्री केदार कार्कीले नेपाली कांग्रेसको प्रतिनिधित्व नगराई कोशीका आन्दोलनकारीसँग वार्ता गर्न सरकारी वार्ता टोली गठन गरेका छन् । सरकारको नेतृत्व गरिरहेको दल कांग्रेस कोशी प्रदेशको दोस्रो ठूलो दल हो । नामकरणका बेला कोशीका पक्षमा मतदानसमेत गरेको कांग्रेसबाट कुनै प्रतिनिधि नराखी मुख्यमन्त्रीले वार्ता समिति गठन गरेका हुन् ।
राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा पुग्यो मतपत्र
राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा पुग्यो मतपत्र निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि तयार गरिएको ३८ प्रकारका ६९१० मतपत्र छपाई गरी सातै प्रदेशमा पुर्‍याएको छ । माघ ११ गते हुने निर्वाचनका लागि आयोगले सबै मतपत्रहरू छपाई सकेर प्रदेश कार्यालयमा पठाएको हो ।प्रदेशगत रुपमा रहेका निर्वाचक मण्डलका सदस्यको संख्या तथा निर्वाचन हुने पद सङ्ख्यालाई आधार मानी आयोगले...
मधेसमा आज बलिदानी दिवस मनाइँदै, प्रदेशभरि सार्वजनिक बिदा
मधेसमा आज बलिदानी दिवस मनाइँदै, प्रदेशभरि सार्वजनिक बिदा मधेस प्रदेशमा आज छैटौँ बलिदानी दिवस मनाइँदैछ । अन्तरिम संविधानमा सङ्घीयता र समावेशिता सहितको व्यवस्था गर्नुपर्ने माग गर्दै भएको प्रथम मधेस आन्दोलनको १७ वर्ष पूरा भएको अवसरमा प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको छ । 
असंलग्न आन्दोलनको १९औँ शिखर सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले आज सम्बोधन गर्दै
असंलग्न आन्दोलनको १९औँ शिखर सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले आज सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै छन् । आजदेखि सुरु हुने सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले पहिलो दिन नै सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 
युगान्डामा रहेका नेपालीहरूसँग प्रधानमन्त्रीले गरे अन्तरक्रिया
युगान्डामा रहेका नेपालीहरूसँग प्रधानमन्त्रीले गरे अन्तरक्रिया असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को १९ औं सम्मेलनमा भाग लिन बिहीबार साँझ युगान्डाको कम्पाला पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यहाँ रहेका नेपालीहरूसँग भेट गरेका छन् ।युगान्डामा रहेका नेपालीहरूले आफूले व्यहोरेको समस्याबारे जानकारी गराएका थिए । प्रधानमन्त्री प्रचण्डले युगान्डामा आफू पहिलोपटक आइपुगेको बताउँदै त्यहाँ रहेका नेपालीहरूको समस्या समाधानका लागि आफू...
मन्त्रिपरिषद्का १६ निर्णयमा केके छन् ?
मन्त्रिपरिषद्का १६ निर्णयमा केके छन् ? मन्त्रिपरिषद्ले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश– २०८० जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने र ग्रीन हाइड्रोजन नीति–२०८० स्वीकृत गर्ने, बढुवा समितिको सिफारिसबमोजिम विभिन्न सेवा, समूह र उपसमूहका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतहरूलाई सम्बन्धित सेवा, समूह र उपसमूहका पदमा बढुवा नियुक्त गर्ने निर्णय गरेको छ । 
ओलीले दिए गठबन्धन सरकारलाई देशद्रोहीको संज्ञा
ओलीले दिए गठबन्धन सरकारलाई देशद्रोहीको संज्ञा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार निकम्मा भएको टिप्पणी गरेका छन् । पार्टीनिकट खेलकुद सङ्गठनले बिहीबार ललितपुरको च्यासलमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र नेतृत्वको गठबन्धन सरकारलाई देशद्रोहीको संज्ञा दिएका हुन् । उनले जनताको बलमा मौजुदा सरकारविरुद्ध आन्दोलनको खाँचो रहेको औँल्याए । 
मुलुकमा दलहरूबीच सहमति र सहकार्य आवश्यक : सिटौला
मुलुकमा दलहरूबीच सहमति र सहकार्य आवश्यक : सिटौला संविधान निर्माण भएपनि त्यसको पूर्ण कार्यान्वयन हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै नेता सिटौलालाई यसका लागि दलहरूबीच सहमति र सहकार्य आवश्यक रहेको बताए । बुधबार धनकुटाको हिलेमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता सिटौलाले ठूलाठूला राजनीतिक समस्याहरू सहमति र सहकार्यबाटै समाधान हुन सक्ने बताए । 
प्रधानमन्त्री प्रचण्ड युगान्डा प्रस्थान, सरकार सम्हाल्ने जिम्मा पूर्णबहादुरलाई
प्रधानमन्त्री प्रचण्ड युगान्डा प्रस्थान, सरकार सम्हाल्ने जिम्मा पूर्णबहादुरलाई सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गङ्गासहभागि छन् ।  परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी यसअघि नै युगान्डा गइसकेका छन् ।
Weather Update