News Griha :: न्यूजगृह
माओवादी केन्द्रका महासचिव देव गुरुङ भ्रष्ट र फन्टुस!

काठमाडौं— नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोरख केसीले भूकम्प पीडितका लागि चीनले पार्टीमार्फत गरेको राहत सामग्रीमा भ्रष्टाचार भएको आरोप लगाएका छन् ।

चिनियाँ महिलामाथि हातपात गरेको आरोपमा पार्टीले सोधेको स्पष्टीकरणको जवाफ लेख्दै केसीले ती महिलाको हर्कतको समेत विस्तृतमा लिखित जानकारी गराएका छन् ।

माओवादी केन्द्रका महासचिव देव गुरुङ, कर्णाली प्रदेश अध्यक्ष विमला केसीसहितको गिरोहले भ्रष्टाचार गरेको र नगदी सामानहरू लुकाएर कुहिएका र काम नलाग्ने सामान राहतका नाममा वितरण गर्न लाग्दा आफूले प्रश्न उठाएको बताएका छन् ।

सामानको गुणस्तर, परिणाम र वितरणमा प्रश्न उठाएपछि आफूलाई फसाउन महासचिवसहितको गिरोहले सत्ताको दुरुपयोग समेत गरेको र भ्रष्टाचार गर्न जान्नुपर्छ भन्दै त्यसो नगरेबापत कारबाहीको सिफारिस गरेको बताएका छन् ।

उनले भ्रष्टाचारी महासचिव गुरुङलाई आफूले आफ्नो घरबाट लखेटेर निकालेको समेत बताएका छन् । उनले लामो स्पष्टीकरणमा देव गुरुङको षड्यन्त्रमा पार्टी परेको भन्दै उनलाई महासचिवबाट हटाएर आफू बन्ने सोच पलाएको भन्दै स्पष्टीकरण अन्त्य गरेका छन् ।

गुरुङका नातेदार मुक्ति मरासिनीको संस्थामार्फत राहतमा भ्रष्टाचार गरेको विषय आफूले भण्डाफोर गर्दा कारबाही गर्न उनैले स्थायी कमिटीमा प्रस्ताव गरेको भन्दै आफूमाथिको आरोप अस्वीकार गरेका छन् ।

 

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १८:१९
Weather Update