News Griha :: न्यूजगृह
प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तीन दिने युगान्डा भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । युगान्डाको राजधानी कम्पालामा भएको असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम)को १९ औँ शिखर सम्मेलनमा सहभागी भएका प्रधानमन्त्री दाहालले सम्मेलनलाई सम्बोधन गरेका थिए ।

 प्रधानमन्त्री दाहालले त्यहाँ रहँदा महत्वपूर्ण भेटघाट र छलफलहरू समेत गरेका थिए । कम्पालाबाट कतार ओर्लिएका प्रधानमन्त्री दाहाल बिहान ९ बजे कतार एअरवेजको विमानबाट त्रिभुवन विमानस्थल ओर्लिएका हुन् । 

प्रधानमन्त्री दाहाललाई स्वागत गर्न उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासहित मन्त्रीहरू र उच्च अधिकारीहरू विमानस्थल पुगेका थिए । 

प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री एनपी साउद, छोरी गंगा, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. रूपक सापकोटा र परराष्ट्र सचिव सेवा लम्साल पनि युगान्डा पुगेका थिए ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  ०९:३०
Weather Update