News Griha :: न्यूजगृह
ग्लोबल आईएमई बैंकले भन्यो- रविको खातामा १ करोड ८० लाख जम्मा भएको छैन [पत्रसहित]

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीबाट एक करोड ८० लाख रुपैयाँ निकालेर आफ्नो खातामा हालेको भन्ने समाचारको ग्लोबल आईएमई बैंकले खण्डन गरेको छ ।

कान्तिपुर दैनिकले ग्लोबल आइएमई बैंकको एउटा ‘स्लिप’सहित रविले अनधिकृतरूपमा पैसा लिएको समाचार लेखेको थियो ।

यस विषयमा प्रष्टिकरण दिन आज रविले पत्रकार सम्मेलन आयोजना गरेका थिए । पत्रकार सम्मेलनमा उनले ग्लोबल आईएमई बैंकले आफूलाई दिएको पत्र सार्वजनिक गरे । उक्त पत्र बैंकले सोमबार रविलाई उपलब्ध गराएको हो ।

पत्रमा लेखिएको छ, ‘उल्लेखित मिति १७/०६/२०२२ मा त्यहाँको यस बैंकमा सञ्चालनमा रहेको खाता नम्बर ‘। मा रु १,८०,००,००० को चेक जम्मा भएको हुँदा सो रकम खातामा क्रेडिट गरिएको तर उक्त चेक ईसीसी मार्फत चेक क्लियरिङमा पठाउँदा अपर्याप्त ब्यालेन्सको कारण फिर्ता भएको हुँदा सो रकम खातामा जम्मा नभएको व्यहोरा जानकारी गर्दछौँ ।’ 

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १७:४४
Weather Update