News Griha :: न्यूजगृह
बालेनले गरे राष्ट्रिय सभा निर्वाचन बहिष्कार, गएनन् मतदान गर्न 

काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन साह राष्ट्रिय सभा निर्वाचनमा सहभागी नहुने भएका छन् ।

मेयर बालेनको कार्यव्यस्तताका कारण उनी निर्वाचनमा सामेल नभएको मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए । ‘उहाँ कार्यव्यस्तताको कारण मतदान गर्न जानुभएको छैन,’ उनले भने । 

तर महानगरकी उपप्रमुख सुनिता डंगोल भने मतदान गर्न हेटौंडा गएकी छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशको राजधानी हेटौंडामा मतदान भइरहेको छ । 

यसअघि पनि मेयर बालेनले प्रदेश सभा निर्वाचनमा पनि मतदान गरेका थिएनन् । त्यतिबेला उनले प्रतिनिधि सभा र समानुपातिकमा मात्र मतदान गरेका थिए ।   

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १२:४८
Weather Update