राष्ट्रपतिले गरे संसद् बैठक आह्वान

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले माघ २२ गते दिउँसो ४ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।
मंगलबार मन्त्रिपरिषद्ले सिफारिस गरे अनुसार उनले माघ २२ गत दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बोलाएका हुन् ।
संसद् अधिवेशन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।
प्रकाशित मिति: बुधबार, माघ १०, २०८० १६:४७