News Griha :: न्यूजगृह
राष्ट्रिय सभा निर्वाचन: सुदूरपश्चिमका ३ सिटमा सत्ता गठबन्धन

काठमाडौं राष्ट्रिय सभा सदस्यमा सुदूरपश्चिम प्रदेशमा गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् । महिलातर्फ माओवादीकी रेनु चन्द विजयी भइन् । उनले ४ हजार ४५३ मत पाइन् ।

अपांगता भएका तर्फ कांग्रेसका नारायणदत्त भट्ट निर्वाचित भए ।  उनले ४ हजार ४१९ मत पाए ।  त्यस्तै अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी भए । उनले ४ हजार ३४७ मत पाए ।

प्रमुख प्रतिपक्षी दल एमालेले अन्यतर्फ ईश्वरी खरेल, महिलातर्फ सावित्री घिमिरे र अपांगतातर्फ रामचन्द्र जोशीलाई उठाएको थियो । 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १८:०४
Weather Update