माघ २२ मा संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

काठमाडौं— सरकारले माघ २२ मा संघीय संसद्को अधिवेशन बोलाउन सिफारिस गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २२ मा राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक दिनको ४ बजे बस्ने गरी अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
सरकारले गत कात्तिक १६ मा संसद्को वर्षे अधिवेशन अन्त्य गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, माघ ९, २०८० १७:०४