राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन दर्ता आजमंगलबार, चैत २७, २०८०

राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेसबाट विष्णुदेवी पुडासैनी उम्मेदवार मंगलबार, चैत २७, २०८० नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ। मंगलबार बिहान बसेको संसदीय दल कार्यसमितिको बैठकले पुडासैनीलाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो।पुडासैनी बागमती प्रदेशबाट महिलातर्फ राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी हुन्। राष्ट्रिय सभा उपाध्यक्षका लागि मंगलबार उम्मेदवारको मनोनयन दर्ता गर्ने समय तोकिएको छ। चैत...

राप्रपाको प्रदर्शनलाई मध्यनजर गर्दै उपत्यकामा विशेष सुरक्षा व्यवस्था, तीन घेरामा सुरक्षाकर्मी परिचालन मंगलबार, चैत २७, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार काठमाडौंमा जनप्रदर्शन गर्दैछ। गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाएको राप्रपाले आफ्नो माग पूरा दबाब सिर्जना गर्न काठमाडौंमा बृहत् जनप्रदर्शन गर्न लागेको हो।आजको जनप्रदर्शनमा काठमाडौंका विभिन्न स्थानबाट जुलुस निस्कने, ललितपुर, भक्तपुर र आसपासका जिल्लाबाट र्याली सहितको सहभागिता रहने प्रवक्ता एवं...

राप्रपाले आज काठमाडौंमा जनप्रदर्शन गर्दै मंगलबार, चैत २७, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार काठमाडौंमा जनप्रदर्शन गर्दैछ। गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाएको राप्रपाले आफ्नो माग पूरा दबाब सिर्जना गर्न काठमाडौंमा बृहत् जनप्रदर्शन गर्न लागेको हो। आजको जनप्रदर्शनमा काठमाडौंका विभिन्न स्थानबाट जुलुस निस्कने, ललितपुर, भक्तपुर र आसपासका जिल्लाबाट र्याली सहितको सहभागिता रहने प्रवक्ता एवं...

कांग्रेसको संसदीय दलको बैठक बस्दै मंगलबार, चैत २७, २०८० नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ। बैठक बिहान ८ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्नेछ।संसद्को गतिरोध, संसद्मा दर्ता भएका विधेयक, बजेट अधिवेशन लगायतमा छलफल गर्न बैठक बस्न लागेको हो।प्रतिनिधि सभा बैठक आज बस्दैछ। बैठकमा कांग्रेसले निरन्तर गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्न माग गरेको...

प्रतिनिधि सभा बैठक बस्दै, गृहमन्त्रीलाई रोष्ट्रममा जान रोक्ने कांग्रेसको रणनीति मंगलबार, चैत २७, २०८० प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ।बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०८० पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।

नाउपा अध्यक्ष रञ्जिताले घनश्यामलाई दलको नेताबाट हटाइन्, कैलाशलाई जिम्मेवारी दिइन् सोमबार, चैत २६, २०८० ‘प्रदेश सभा सदस्य घनश्याम चौधरीलाई दलको नेताको रूपमा दैनिक सभा सञ्चालनका लागि सहमति भएकोमा निजले दलको निर्देशन पालन नगरेका कारण परिवर्तन गर्ने निर्णय गरिएको छ,’ रञ्जिताले लेखेको पत्रमा भनिएको छ, ‘दलको विधान तयार नभएका कारण हाललाई दलको केन्द्रीय बैठकको निर्णयअनुसार माननीय सदस्य कैलाश चौधरीलाई संसदीय दलको नेताको हैसियतमा काम गर्न...

कोशीमा वैकल्पिक सरकार गठनका लागि एमाले-माओवादीको ‘राजनीतिक दाबी’ पेस सोमबार, चैत २६, २०८० सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्की अल्पमतमा परेको भन्दै एमाले र माओवादी केन्द्रले हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार बनाउनका लागि राजनीतिक दाबी पेस गरेका हुन्।

राजेन्द्र महतोको प्रश्न: कम्युनिष्टहरूले गर्न खोजेको के ? सोमबार, चैत २६, २०८० पूर्वमन्त्री राजेन्द्र महतोले कम्युनिष्टहरूले नेपालको संस्कृति, सभ्यता र पहिचानसँगै अस्तित्व पनि मेटेको आरोप लगाएका छन्।सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि एमाले अध्यक्ष केपी ओलीसम्मले नेपालको संस्कृति, सभ्यता र पहिचानसँगै अस्तित्व पनि मेटेको आरोप लगाए।

नाउपाकी सांसद इन्दिरा गिरी पदमुक्त सोमबार, चैत २६, २०८० सोमबार निकालिएको सूचनामा भनिएको छ, ‘प्रदेशसभा सदस्य माननीय इन्दिरा गिरीलाई फिर्ता बोलाइएको भनी सुदूरपश्चिम प्रदेश सभाको सचिवालयमा पेस भएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ बमोजिम सूचना प्रकाशित गर्न सभामुखको निर्देशन भएको हुँदा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’

कोशीमा माओवादीका मन्त्रीहरूले मुख्यमन्त्रीलाई बुझाए राजीनामा सोमबार, चैत २६, २०८० कांग्रेस नेता केदार कार्की नेतृत्वको सरकारमा माओवादीबाट खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्रकुमार कार्की र पर्यटन, वन तथा वातावरणमा गणेश उप्रेती थिए।

सरकार–प्रतिपक्ष मुठभेडतर्फ सोमबार, चैत २६, २०८० भामुख देवराज घिमिरे ४ ठूला दलका शीर्ष नेताहरूसँग छलफल बिनानिष्कर्ष टुंगिएको छ। संसद्मा प्रमुख प्रतिपक्ष दल कांग्रेसले उठाएका विषयबारे छलफल गर्न सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसहित दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका थिए।

संसद्को गतिरोध अन्त्य गर्न प्रमुख ४ दलका शीर्ष नेतासँग सभामुख घिमिरेको छलफल, ओली अनुपस्थित सोमबार, चैत २६, २०८० छलफलमा सभामुखसहित प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलगायत नेता सहभागी छन्। सभामुखले छलफलका निम्ति बोलाए पनि एमाले अध्यक्ष केपी शर्मा ओली बैठकमा अनुपस्थित छन्।