माओवादी केन्द्रको निर्णय: कोशी सरकारबाट बाहिरिने, समर्थन पनि फिर्ता लिने सोमबार, चैत २६, २०८०

कांग्रेस संसदीय दलको बैठक मङ्गलबार सोमबार, चैत २६, २०८० नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक मंगलबार बस्ने भएको छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ। प्रतिनिधि सभा बैठक पनि मङ्गलबारका लागि बोलाइएको छ।

सभामुख र शीर्ष नेताहरूबीचको छलफल सर्यो सोमबार, चैत २६, २०८० सभामुख देवराज घिमिरे र शीर्ष नेताहरूबीचको छलफलको समय सरेको छ। बिहान साढे १० बजे सिंहदरबारमा बोलाइएको बैठक दिउँसो २ बजेका लागि सारिएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभामा निरन्तर उठाइरहेको प्रश्नका सम्बन्धमा छलफल गर्न सभामुख घिमिरेले शीर्ष नेताहरूलाई छलफलमा बोलाएका हुन्।

कांग्रेसको ‘बटमलाइन’ : सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनैपर्छ सोमबार, चैत २६, २०८० प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गरिनुपर्ने निष्कर्ष निकालेको छ।सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गरिनुपर्ने अडानमा रहने निष्कर्ष निकालेको हो।

उपनिर्वाचन : नेतृत्व छान्न इलामका मतदाता उत्साहित सोमबार, चैत २६, २०८० इलाम क्षेत्र नं २ का मतदाता आफ्नो जनप्रतिनिधि छान्न उत्साहित छन्। इलाम २ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदै छ। गत भदौ २५ गते यस क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनभएपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा २० उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

उपनिर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन गर्दै निर्वाचन आयाेग सोमबार, चैत २६, २०८० आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध परेका उजुरीमाथि आज निर्वाचन आयोगले छानबिन गर्ने भएको छ।आयोगको कार्यतालिका अनुसार आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने समय तोकिएको थियो। हिजो अपराह्न ३ बजेपछि २६ गते (आज) बेलुका ५ बजेसम्ममा आयोगले उम्मेदवार विरुद्ध परेका...

सभामुख घिमिरेले शीर्ष चार दलसँग छलफल गर्दै सोमबार, चैत २६, २०८० सभामुख देवराज घिमिरेले प्रमुख चार दलका शीर्ष नेतालाई प्रमुख प्रतिपक्षको मागबारे छलफल गर्न बोलाएका छन्। सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका सन्दर्भमा नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको मागसहित सदन चल्न नदिने अल्टिमेटम दिएकाले सभामुखले दलका शीर्ष नेतासँग छलफल गर्न लागेका हुन्।

संसद्मा कांग्रेसले खेल्ने भूमिकाबारे छलफल गर्न सभापति देउवाले बोलाए बैठक सोमबार, चैत २६, २०८० उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सहकारीको रकम अपचलन गरेको आरोपमा कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै आएको छ। यसअघि अघिल्लो संसद् बैठकमा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आउँदो संसद् बैठकमा सरकार छानबिन समितिसहित नआए संसद् बैठक चल्न नदिने भनी अल्टिमेटम दिएका थिए।

रास्वपा संसदीय दलको बैठक : सरकारमा प्रभावकारिता कसरी बढाउने ? आइतबार, चैत २५, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आइतबार साँझ सिंहदरबारमा बसेको छ। सिंहदरबारस्थित दलको संसदीय दलको कार्यालयमा बैठक बसेको हो। बैठकमा पार्टी सरकारमा रहेको अवस्थामा खेल्नुपर्ने भूमिका र यसको प्रभावकारिता बढाउने विषयमा केन्द्रित रहेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताए।

उपनिर्वाचनका उम्मेदवारविरुद्ध परेन उजुरी आइतबार, चैत २५, २०८० आगामी वैशाख १५ गते उपनिर्वाचनका लागि उम्मेदवारी दिएका कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालय जनाएको छ।शनिबार इलाम–२ मा २० र बझाङ प्रदेशसभा १ मा १२ जनाको उम्मेदवारी परेको थियो। उनीहरूमाथि आइतबार दिउँसो ३ बजेसम्म उजुरी दिने समय तोकिएको भएपनि कुनै उजुरी नपरेको हो।

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, एमाले, माओवादी र जसपाका मन्त्रीले लिए शपथ आइतबार, चैत २५, २०८० लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा र तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेचरनसमक्ष मुख्यमन्त्री महरा र अन्य तीन जना विनाविभागीय मन्त्रीहरुले शपथग्रहण गरेका हुन्।मुख्यमन्त्री महराको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमालेबाट चेतनारायण आचार्य र नेकपा माओवादी केन्द्र दीपेन्द्र पुन...

गण्डकी : मुख्यमन्त्री अधिकारीसहित चुमान र मनाङेले लिए मन्त्रीको शपथ आइतबार, चैत २५, २०८० गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले शपथ लिएका छन्।मुख्यमन्त्री अधिकारीलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार पद तथा गोपनियताको शपथ गराएका हुन्। मुख्यमन्त्रीसँगै माओवादीका हरिबहादुर चुमान र स्वतन्त्र सांसद दीपक मनाङेले पनि मन्त्रीको शपथ लिएका छन्।

इलाम २ उपनिर्वाचनमा महिला उम्मेदवार शून्य आइतबार, चैत २५, २०८० विभिन्न दल र स्वतन्त्र उम्मेदवार पञ्चैबाजा र र्याली सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका थिए। ठूला राजनीतिक दलहरूको उम्मेदवार छनोटमा महिला प्राथमिकतामा नपर्ने गरेकोप्रति महिला अधिकारकर्मीले गुनासो गरेका छन्। ‘महिलालाई सधैँ पछि पार्ने चलन छ,’ इलामकी महिला अधिकारकर्मी गायत्री थेगिमले भनिन्, ‘इलामको उपनिर्वाचनमा महिलाको उम्मेदवार शून्य हुनुले...