सांसद ज्ञानेन्द्र शाही पक्राउ मंगलबार, चैत २७, २०८०

प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित मंगलबार, चैत २७, २०८० बैठक शुरु हुनासाथ कांग्रेसले सहकारी ठगी प्रकरणमा संलग्न देखिएका रवि लामिछानेमाथि कारवाही नभएको भन्दै संसदीय छानबिन समिति गठन गर्ने आफ्नो माग दोहोर्याउँदै आफ्नो माग पुरा नभएसम्म संसद् अगाडि बढाउन नदिने बताएको थियो ।

गृहमन्त्रीज्यू हामीमाथि लाठी होइन, भ्रष्ट्राचार गर्नेलाई समाऊ: ज्ञानेन्द्र शाही मंगलबार, चैत २७, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता तथा सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री लामिछानेलाई आफूमाथि लाठी चार्ज गरेको आरोप लगाएका छन्। सांसद शाहीले अहिले भद्रकाली अगाडि सिंहदरबार सडकमा बसेर नाराबाजी गरिरहेका छन्।उनले आफूहरुमाथि लाठीचार्ज गर्नु भन्दा भ्रष्ट्राचार गर्ने नेताहरूलाई पक्राउ गर्न आग्रह गरेका छन्। उनले सांसद कोइरी संसद्मै रहेको, निर्मलाका दोषी पक्राउ...

राप्रपाको प्रदर्शनमा झडप मंगलबार, चैत २७, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ ।भृकुटीमण्डपबाट शुरु भएको राप्रपाको जुलुस भद्रकाली हुँदै सिंहदबारतर्फ आउन लागेपछि प्रहरीले अवरोध गरेको हो । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा प्रयोग गरेर प्रदर्शनकारीलाई रोकेको छ ।प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने तथा शान्तिसुरक्षा कायम राख्नका लागि काठमाडौं उपत्यकामा...

कांग्रेसलाई सम्झाउँदै सभामुखले भने– सदन अवरोध हुँदा जनताको आवाज रोकिन्छ मंगलबार, चैत २७, २०८० ‘सदनमा अवरोध हुँदा एउटा जनताको आवाज रोकिन्छ। अहिले देशमा आगजनीको कारण र विभिन्न घटना भएर कर्फ्यु लागेको छ। अनेक विसंगति र समस्याका कुरा आइरहेका छन्। यी कुरामा सदनमा छलफल गरौँ भन्न अवरोध हटाउने वातावरण बनाउनु पर्छ,’ घिमिरेले भने।

प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित मंगलबार, चैत २७, २०८० प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।बैठक शुरु हुनासाथ कांग्रेसले सहकारी ठगी प्रकरणमा संलग्न देखिएका रवि लामिछानेमाथि कारवाही नभएको भन्दै संसदीय छानबिन समिति गठन गर्ने आफ्नो माग दोहोराएको थियो ।कांग्रेस सांसद सुशीला थिङले सहकारीको...

प्रतिनिधि सभा बैठकमा कांग्रेसको अवरोध, प्रतिपक्षीसँगै सत्तापक्ष पनि उभिए मंगलबार, चैत २७, २०८० सभामुख देवराज घिमिरेले समय दिएपछि कांग्रेस सचेतक सुशीला थिङले सहकारी अनियमिततामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग राखिन्। तर सरकार गैरजिम्मेवार रुपमा प्रस्तुत भएको भन्दै उनले समिति नबनेसम्म कुनै पनि कामकारबाही अगाडि नबढाउन आग्रह गरिन्।

राष्ट्रिय सभा उपाध्यक्षमा विष्णु र विमलाले गराए उम्मेदवारी दर्ता मंगलबार, चैत २७, २०८० गणितीय हिसाबले गठबन्धनकी उम्मेदवार एवम् एमाले सांसद घिमिरेको जित सुनिश्चित छ। उनले आफू निर्वाचित भएमा राष्ट्रिय सभा अध्यक्षसँग सल्लाह गरेर विधेयक अघि बढाउने लगायतका काममा प्रभावकारी भूमिका खेल्ने बताइन्।

सहकारीबाट लाखौ जनता ठगिएका छन्, पछि हट्नु हुँदैन : देउवा मंगलबार, चैत २७, २०८० नेपाली कांग्रेस सहकारी प्रकरणको मुद्दा उठाउने विषयमा पछि नहट्ने भएको छ। मंगलबार बसेको संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले सहकारी मुद्दाबाट पछि नहट्ने स्पष्ट गरेका हुन्।सभापति देउवाले धेरै जनता सहकारीबाट ठगिएको बताउँदै यस मुद्दालाई यतिकै छोड्न नहुने बताएका हुन्।

बालुवाटार छलफल निष्कर्षविहीन, कांग्रेसको अडान कायमै मंगलबार, चैत २७, २०८० संसद्को अवरोध खुलाउन बालुवाटारमा भएको छलफल बिना निष्कर्ष सकिएको छ। सभामुख देवराज घिमिरेको पहलमा भएको छलफलमा कांग्रेसले आफ्नो अडान नछोडेको बताइएको छ।छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपा सभापति रवि लामिछाने तथा कांग्रेस महामन्त्री गगन थापा र पूर्वमहामन्त्री...

कांग्रेसको निर्णय: संसदीय छानविन समिति गठन नभए संसद् चलन दिदैनौँ मंगलबार, चैत २७, २०८० नेपाली कांग्रेसले सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय छानविन समिति गठन नगरे संसद् बैठक चल्न नदिने निर्णय गरेको छ।साथै कांग्रेसले आफ्ना मागबारे सरकार गम्भीर नभए त्यसबाट उत्पन्न हुने परिणामप्रति सरकार नै जिम्मेवार हुने जनाएको छ। सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएका छन् ।

प्रतिनिधि सभाको अवरोध हटाउन बालुवाटारमा सत्ता-प्रतिपक्षबीच छलफल मंगलबार, चैत २७, २०८० सदनको अवरोध हटाउन सभामुख घिमिरेले पहल गर्दै आएका छन्। बालुवाटारमा मंगलबार सभामुख घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापा र राष्ट्रिय सभामा कांग्रेस संसदीय दल नेता कृष्णप्रसाद सिटौलासँग छलफल गरेका हुन्।

प्रचण्डको निर्देशनपछि बझाङमा पनि माओवादीले एमाले उम्मेदवारलाई सघाउने, उम्मेदवारी फिर्ता लिइदै मंगलबार, चैत २७, २०८० उनका अनुसार आगामी उपचुनावका लागि माओवादीले बझाङमा जनक बुढाले दिएको उम्मेदवार फिर्ता गराइ एमाले उम्मेदवार दमनबहादुर भण्डारीलाई सघाउने औपचारिक निर्णय लिदैछ। उम्मेदवारी फिर्ता लिनका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बझाङ पार्टीलाई निर्देशन दिएका थिए।