News Griha :: न्यूजगृह
उपनिर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान  
उपनिर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान   इलाममा १२ राजनीतिक दलका १२ जना र आठ स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयनपत्र दर्ता भएकामा स्वतन्त्र उम्मेदवार केशवकुमार चापागाईंले उम्मेदवारी फिर्ता लिएका छन्।
दबाब र प्रभावमा नपरी प्रभावकारी काम गर्नुस् : गृहमन्त्री
दबाब र प्रभावमा नपरी प्रभावकारी काम गर्नुस् : गृहमन्त्री उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले स्थानीय प्रशासनले दबाब तथा प्रभावमा नपरी कानुन कार्यान्वयनमा दक्षतापूर्ण र प्रभावकारीरूपमा काम गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएका छन्।जनकपुरधाममा भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीपछि सञ्चारकर्मीसँग गृहमन्त्री लामिछानेले वर्तमान सरकारले राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो काम गर्नेलाई दण्डित गर्ने उल्लेख गर्दै सोहीअनुसार जनहितमा काम गर्न निर्देशन...
गण्डकी सरकार गठनबारे पूर्ण सुनुवाइ वैशाख १० गते, दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश
गण्डकी सरकार गठनबारे पूर्ण सुनुवाइ वैशाख १० गते, दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश अधिकारी सोमबार मात्र मुख्यमन्त्री बनेका हुन। उनले मुख्यमन्त्री बन्नका लागि सभामुख सहितको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएको विषय विवादित बनेको छ। यसअघि कोशी प्रदेशमा सरकार गठनमा सभामुखको मत गणना गर्न नपाइने सर्वोच्चको नजिर विपरित गण्डकीमा सरकार गठन भएपछि कांग्रेस अदालत गएको हो।
सर्वोच्चको फैसला पुग्नुअघि नै संसद् बैठकमा सहभागिता र सेवा सुविधा माग्दै निलम्बित सांसद गुरुङको निवेदन
सर्वोच्चको फैसला पुग्नुअघि नै संसद् बैठकमा सहभागिता र सेवा सुविधा माग्दै निलम्बित सांसद गुरुङको निवेदन मनाङबाट निर्वाचित नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले रोकिएको सेवा सुविधा र प्रतिनिधि सभा बैठकमा सहभागी गराउन माग गर्दै संघीय संसद् सचिवालयमा निवेदन दर्ता गराएका छन्। संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले गुरुङको तर्फबाट सचिवालयमा पत्र प्राप्त भएको बताए।'गुरुङको तर्फबाट निवेदन आएको छ,' महासचिव पाण्डेयले भने, 'सर्वोच्चको फैसला प्राप्त भएको छैन। अब...
कोशीमा प्रदेश सभा विशेष अधिवेशन आह्वान
कोशीमा प्रदेश सभा विशेष अधिवेशन आह्वान कोशी प्रदेशमा प्रदेश सभाको विशेष अधिवेशन आह्वान भएको छ।प्रदेश प्रमुख परशुराम खापुङले बुधबार वैशाख ६ गतेका लागि प्रदेश सभा विशेष अधिवेशन आह्वान गरेका हुन्। नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरूले विशेष अधिवेशन आह्वान माग गर्दै गत सोमबार समावेदन गरेका थिए।
कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ
कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले शपथ लिएका छन्। उनले मंगलबार नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका २३ सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख तिलक परियार समक्ष दाबी पेस गरेका थिए। लगतै परियारले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। 
राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी घिमिरे निर्वाचित    
राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी घिमिरे निर्वाचित     राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका विष्णुदेवी पुडासैनीलाई हराउँदै उनी राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भएकी हुन्।बैठकमा उपस्थित ५५ जना सदस्यमध्ये घिमिरेको पक्षमा ३९ र विपक्षमा १६ मत परेको थियो। पुडासैनीको पक्षमा १६ र विपक्षमा ३९ मत परेको थियो।
राष्ट्रिय सभाको उपाध्यक्षमा कांग्रेसका उम्मेदवार पुडासैनी पराजित
राष्ट्रिय सभाको उपाध्यक्षमा कांग्रेसका उम्मेदवार पुडासैनी पराजित राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवार बनेकी कांग्रेसका विष्णुदेवी पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्ताव बहुमतले अस्वीकृत भएको छ।बुधबार राष्ट्रिय सभामा भएको मतदानमा पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्तावको पक्षमा १६ मत परेको थियो भने विपक्षमा ३९ मत परेको थियो। यस प्रस्तावको मतदान प्रक्रियामा ५५ सांसदले भाग लिएका थिए। 
प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध
प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध प्रमुख प्रतिपक्षी दलहरूले प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध पारेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपा र लोसपाले बैठक अवरुद्ध गरेका हुन्। अर्को बैठक आगामी वैशाख २ गते आइतबार बिहान ११ बजे लागिका तय भएको छ। 
प्रतिपक्षले संसद्मा उठाएको माग सरकारले सम्बोधन गर्नुपर्छः राजेन्द्र पाण्डे
प्रतिपक्षले संसद्मा उठाएको माग सरकारले सम्बोधन गर्नुपर्छः राजेन्द्र पाण्डे प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पाण्डेले प्रमुख प्रतिपक्षी दलले उठाएको मागलाई सरकारले सम्बोधन गर्नुपर्ने माग गर्दै सहकारी पीडितलाई न्याय दिनुपर्ने बताए। उनले २०४७ सालदेखि सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने विषय अहिले उठिरहेको उल्लेख गर्दै एकीकृत समाजवादी यो प्रस्तावको समर्थन गर्ने र यसलाई अगाडि बढाउनुपर्ने बताए। 
गृहमन्त्रीले राप्रपाको आन्दोलनमा दमन गरे: ज्ञानेन्द्र शाही
गृहमन्त्रीले राप्रपाको आन्दोलनमा दमन गरे: ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेले राप्रपाको आन्दोलनमाथि दमन गरेको आरोप लगाएका छन्।प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले मङ्गलबार राप्रपाको आन्दोलनमा गृह मन्त्रालयको आदेशमा आफूमाथि पनि कुटपिट र कपडा च्यातिदिएको भन्दै १८ जना कार्यकर्ता घाइते बनाएको बताए।
गृहमन्त्रीलाई कांग्रेसको प्रश्न— गल्ति छैन भने छानबिनको लागि किन तयार नभएको?
गृहमन्त्रीलाई कांग्रेसको प्रश्न— गल्ति छैन भने छानबिनको लागि किन तयार नभएको? प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरोध गरेको छ। प्रतिनिधि सभाको बैठक शुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरुले उठेर संसद्मा अवरोध गरेका थिए। सभामुखको अनुमतिले कांग्रेसका सांसद रामहरि खतिवडाले रवि लामिछाने गृहमन्त्री बनेदेखि सहकारी ठगिको छानबिन अवरुद्ध भएको दाबी गरेका थिए। सांसद खतिवडाले प्रधानमन्त्रीले पनि सहकारी ठगको बचाउ गरेको आरोप...
Weather Update