News Griha :: न्यूजगृह
नयाँ शैक्षिक सत्र सुरु, सबै बालबालिकालाई विद्यालय पठाउन प्रधानमन्त्रीको आग्रह
नयाँ शैक्षिक सत्र सुरु, सबै बालबालिकालाई विद्यालय पठाउन प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ शैक्षिक सत्र सुरु भएको उल्लेख गर्दै विद्यालय जाने उमेरका बालबालिकाहरूलाई पायक पर्ने विद्यालयमा भर्ना गराई सबै बालबालिकालाई नियमित रुपमा विद्यालय पठाउनका आह्वान गरेका छन्। आइतबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दाहालले ‘‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’’ भन्ने संकल्पका साथ २०८१ को नयाँ शैक्षिक...
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस संसदीय दलको बैठक बस्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दै छ। कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बिहान ७:३० बजे र संसदीय दलको बैठक आजै बिहान ८:०० बजे नयाँ बानेश्वर स्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने छ। 
एमाले सचिवालय बैठक बस्दै
एमाले सचिवालय बैठक बस्दै नेकपा एमालेले सचिवालय बैठक बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो एक बजे बस्ने केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए। बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, वैशाख १५ मा हुने उपचुनाव लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने अधिकारीको भनाइ छ। 
सुदूरपश्चिममा सरकार गठनको समय सकिँदै, नाउपाले दाबी पेस गर्ने
सुदूरपश्चिममा सरकार गठनको समय सकिँदै, नाउपाले दाबी पेस गर्ने सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि दिइएको समय आइतबार सकिँदैछ। कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।
हिउँदे अधिवेशनको अन्तिम बैठक आज, कांग्रेसले अवरोध गर्ने
हिउँदे अधिवेशनको अन्तिम बैठक आज, कांग्रेसले अवरोध गर्ने संसद्को हिउँदे अधिवेशन अन्तर्गतको अन्तिम बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। सरकारले संसद् अधिवेशन अन्त्यका लागि सिफारिस गरिसकेको छ। आज रातिबाट अधिवेशन अन्त्यका लागि सिफारिस भएको छ।गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन अन्त्यको सिफारिस गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले...
उपनिर्वाचनः इलाम २ मा मतदाता फकाउँदै उम्मेदवार 
उपनिर्वाचनः इलाम २ मा मतदाता फकाउँदै उम्मेदवार  इलाम-२ मा आगामी वैशाख १५ गते प्रतिनिधि सभा सदस्यका हुन लागेको उपनिर्वाचनमा उम्मेदवारहरूले सक्रियता बढाएका छन्।
कांग्रेसले बोलायो संसदीय दलको बैठक
कांग्रेसले बोलायो संसदीय दलको बैठक नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। पार्टी सभापति एवम् दलका नेता शेरबहादुर देउवाले आइतबार प्रतिनिधिसभा बैठकअघि संसदीय दल कार्यसमितिको बैठक बिहान ७ बजे र लगत्तै संसदीय दलको बैठक बोलाएका हुन्।
एमालेको सचिवालय बैठक आइतबार बस्दै
एमालेको सचिवालय बैठक आइतबार बस्दै एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५औँ स्थापना दिवस, यही वैशाख १५ गते हुने उपनिर्वाचन लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। 
२०८० साल: शिथिलता र उत्तेजनाको वर्ष
२०८० साल: शिथिलता र उत्तेजनाको वर्ष सदनको दृश्य कतिसम्म देखिएको भने कमिज र गन्जी खोलेर विरोध जनाउने, महिला माननीयज्यू पाइन्ट र टिसर्टमा सदन छिर्नेदेखि रोष्ट्रममा गएर मौन बस्ने, सभामुखको अनुमति बिना माइक खोस्नेजस्ता अभद्र गतिविधिमा सांसदहरुले अग्रसरता देखाए।
कोशीका मुख्यमन्त्रीले पदबाट राजीनामा नदिने
कोशीका मुख्यमन्त्रीले पदबाट राजीनामा नदिने कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो पदबाट कुनै हालतमा राजीनामा नदिने बताएका छन्। नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री कार्कीले संविधानको रक्षा र जनताको हकअधिकार स्थापित गर्न सरकार लागिपरेको बताए।
सत्यनिरूपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त गर्न सिफारिस समिति गठन
सत्यनिरूपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त गर्न सिफारिस समिति गठन सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरूपण तथा मेलमिलाप आयोगको अध्यक्षसहित सदस्यको नियुक्तिका लागि सिफारिस गर्न सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा समिति गठन गरेको हो। 
लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत
लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत मुख्यमन्त्री महरालाई नेकपा एमालेका २९ जना, माओवादी केन्द्रका १० जना, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जसपाका ३ जना, नेकपा एकीकृत समाजवादीका एक जना र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको समर्थन पाएका हुन्।
Weather Update