News Griha :: न्यूजगृह
एकीकृत समाजवादीले इलाममा झलनाथलाई तोक्यो चुनावी कमान्डर

काठमाडौं— नेकपा एकीकृत समाजवादीले वैशाख १५ गते हुने उपनिर्वाचनलाई दृष्टिगत गरी पार्टीका उम्मेदवारलाई सघाउन निर्वाचन ‘कमान्डर’ तोकेको छ।

प्रतिनिधि सभा निर्वाचन इलाम क्षेत्र नं – २ मा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र सुदूरपश्चिम प्रदेशको बझाङ १ मा प्रदेशसभा सदस्यको निर्वाचनका लागि पार्टी सचिव गरिमा शाहलाई जिम्मेवारी जिम्मेवारी तोकेको हो।

चुनावमा सम्बन्धित जिल्ला तथा प्रदेशका नेता तथा कार्यकर्तालाई परिचालन गर्ने जिम्मेवारीसहित खटाइएको पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिइन्।

पार्टीले निर्वाचन क्षेत्रमा आवश्यक सहजीकरण गर्न पार्टीका उपाध्यक्ष प्रमेश हमालको संयोजकत्वमा महासचिव घनश्याम भुसाल र सचिव जीवनराम श्रेष्ठ रहेको कार्यदल पनि गठन गरेको छ। 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १०:५९
Weather Update