कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दै छ।
कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बिहान ७:३० बजे र संसदीय दलको बैठक आजै बिहान ८:०० बजे नयाँ बानेश्वर स्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने छ।
सरकारले संसद्को चालु अधिवेशन २०८१ वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेपछि पार्टीले संसदीय दलको बैठक बोलाएको हो।
बैठकमा आज बस्ने प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ। साथै समसामयिक विषयमा पनि आजको बैठकमा छलफल हुनेछ।
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१ ०७:२९