राष्ट्रिय सभा सदस्यमा अञ्जान शाक्यलाई मनोनयन गर्न सिफारिस, को हुन् शाक्य ?शुक्रबार, चैत ३०, २०८०

संसद्को चालु अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय शुक्रबार, चैत ३०, २०८० संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ।शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले २०८१ वैशाख २ गते राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकार प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता, के भयो कुराकानी? शुक्रबार, चैत ३०, २०८० प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार भएको भेटमा समसामयिक राजनीतिक विषयमा अलावा सङ्घीय संसद्को अधिवेशन लगायतका विषयमा छलफल भएको जनाइएको छ।सिंहदरबारमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कारण प्रतिनिधि सभाको बैठक चल्न नसकेको बताए।

लुम्बिनीका मुख्यमन्त्री महराले मागे विश्वासको मत शुक्रबार, चैत ३०, २०८० केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण यो कार्यकालको तेस्रो मुख्यमन्त्रीका रुपमा आफू आएको भन्दै उनले सरकार सञ्चालनमा सबैले सहयोग गर्ने विश्वास व्यक्त गरे। उनले छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने बताए।

नाउपाका प्रदेश सांसद घनश्याम चौधरी पार्टीबाट निलम्बित शुक्रबार, चैत ३०, २०८० नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरीलाई पार्टीले निलम्बन गरेको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले शुक्रबार प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै चौधरीलाई पार्टीबाट ३ महिना निलम्बन गरिएको जानकारी दिएकी हुन्।

लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिने शुक्रबार, चैत ३०, २०८० संविधानबमोजिम मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ। तर महराले एक साता नबित्दै विश्वासको मत लिन लागेका हुन्। प्रदेश सभाको शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा उनले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।

राजस्व चुहावट, छली, ठगी, तस्करीविरुद्ध सरकार निर्मतापूर्वक अघि बढ्ने बिहीबार, चैत २९, २०८० गृहमन्त्री रवि लामिछानेले राजस्व चुहावट, छली, ठगी, तस्करी जस्ता गैरकानुनी गतिविधि गर्ने विरुद्ध सरकार निर्मतापूर्वक अघि बढ्ने बताएका छन्।

लिङ्देन भन्छन् – राजनीति विकृत भयो, राजनीतिकर्मी बदनाम छन् बिहीबार, चैत २९, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सेवाका रुपमा लिनुपर्ने राजनीति पछिल्लो समय विकृत भएको बताएका छन्। राजनीतिमा लागेकाहरू निहित स्वार्थमा लाग्दा यो क्षेत्र बदनाम भएको उनले बताए।

इलाम २ का मतदाताको घरदैलोमा गगन, भने- पहिचानको मुद्दालाई सम्हालेर लैजान सक्नुपर्छ बिहीबार, चैत २९, २०८० नेपाली कांग्रेसका महामन्त्री गगन थापा इलाम २ का गाउँ घुम्दैछन्। महामन्त्री थापा झापा हुँदै चुनावी अभियानको माहोल बनाउन इलाम पुगेका हुन्। आउँदो वैशाख १५ गते हुने उपनिर्वाचनमा कांग्रेसका तर्फबाट चुनावी मैदानमा रहेका डम्बर खड्कालाई भोट माग्न थापा इलाम घुमिरहेका छन्। गगनले बिहीबार इलाम क्षेत्र नम्बर २ अन्तर्गत सिकारी भञ्ज्याङमा आयोजित...

पूर्वमन्त्री दीपक बाँस्कोटा किन हराए सक्रिय राजनीतिबाट? बिहीबार, चैत २९, २०८० विगत केही वर्ष यता बाँस्कोटा सक्रिय राजनीतिमा छैनन्। उनलाई केही दिनअघि हामीले राजनीति विश्राम लिनुको कारण सोध्दा, ‘मैँले राजनीतिबाट सन्यास लिएको होइन, विश्राम लिएको हुँ’ भन्ने जवाफ फर्काए। ‘मैँले करिब ५२ वर्षअघि बीपी कोइरालालाई भेटेर राजनीतिमा आएको हुँ। सुरुमा कांग्रेसको सदस्यता लिएर राजनीतिमा सक्रिय हुँदा मेरो दाजुले पाँच दिन खाना...

भागबन्डा मिलाउन गण्डकीमा मन्त्रालय फुटाइयो, सातबाट ९ बनाइयो बिहीबार, चैत २९, २०८० गण्डकीमा मुख्यमन्त्रीले ७ बाट बढाएर ९ मन्त्रालय बनाउने निर्णय गरेका छन्। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य र आन्तरिक मन्त्रालय छुट्टै बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा विना विभागीय मन्त्री हरिबहादुर चुमानले जानकारी दिए। यसअघि २०७९ पुस २५ गते मुख्यमन्त्री हुँदा खगराजले नै १२ बाट ७ मन्त्रालय बनाउने निर्णय गरेका थिए।...

गुटबन्दी मौलाएको भन्दै ओखलढुङ्गा पूर्वअध्यक्षले गरे एमाले परित्याग बिहीबार, चैत २९, २०८० नेकपा एमाले ओखलढुङ्गाका पूर्व जिल्ला अध्यक्ष शंकर कटवालले पार्टी छोडेका छन्। जिल्ला अधिवेशनको क्रममा नेतृत्वको पक्षधरता र गुटबन्दी देखिएको भन्दै उनले एमाले छोडेको घोषणा गरेका हुन्। ‘दसौँ जिल्ला अधिवेशनमा जे जस्ता रवैया र गतिविधिहरू देखिए, जुन खालका आरोप–प्रत्यारोपको होडबाजी चल्यो। नेतृत्वको जुन खालको कार्यशैली र पक्षधरता देखियो। मैले मेरो ३४...

सुदूरपश्चिम सरकार गठन अन्योलमा बिहीबार, चैत २९, २०८० सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गर्नुभएको पाँच दिन बित्दासमेत प्रदेश सभामा रहेका कुनै पार्टीले दाबी पेस गर्न सकेका छैनन्। सरकार गठनमा निर्णायक देखिएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको आन्तरिक किचलोले नयाँ सरकार गठन अन्योलग्रस्त बनेको हो। गठबन्धन दलहरूलाई नागरिक उन्मुक्ति पार्टीले एकजुट भइ सहयोग गरेमा मात्र...