प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता, के भयो कुराकानी?

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मुलुकको पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार भएको भेटमा समसामयिक राजनीतिक विषयमा अलावा सङ्घीय संसद्को अधिवेशन लगायतका विषयमा छलफल भएको जनाइएको छ।
सिंहदरबारमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कारण प्रतिनिधि सभाको बैठक चल्न नसकेको बताए।
सरकारले बिजनेश नै नपाएर अधिवेशन अन्त्य गर्ने तयारी गरेको हो? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, 'कांग्रेसले चल्न नदिएर हो।'
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८० १४:२५