News Griha :: न्यूजगृह
राष्ट्रिय सभा सदस्यमा अञ्जान शाक्यलाई मनोनयन गर्न सिफारिस, को हुन् शाक्य ?

काठमाडौं — सरकारले राष्ट्रिय सभाको रिक्त एक पदमा डा‍ अन्जान शाक्यलाई मनोनयन गर्न सिफारिस गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

‘राष्ट्रियसभाको रिक्त रहेको पदमा डा अन्जान शाक्यलाई मनोनयन गर्न सिफारिस गरिएको छ,’ शुक्रबार बैठकपछि शर्माले भनिन्।
शाक्य यसअघि इजरायलका लागि नेपाली राजदूत थिइन्।

उनी नेकपा एमालेका तर्फबाट बाग्मती प्रदेश सभाका पूर्वसदस्य अजयक्रान्ति शाक्यकी पत्नी हुन्। उनी नेपाल टेलिभिजनकी पूर्व समाचार प्रस्तोता पनि हुन्।

व्यवस्थापन विषयमा विद्यावारिधि (पीएचडी) गरेकी शाक्यले पद्मकन्या कलेजमा २०५३ देखि करिब एक दशक प्राध्यापन गरेकी थिइन्। 

‘यो मन्दिर, यो मस्जिद, यो चैत्य, यो गुम्बा

मलाई छ प्यारो सँधै आफू भन्दा..’

बोलको चर्चित गीतकी गायिका हुन् शाक्य। 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १५:४०
Weather Update