प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, कांग्रेसको अडान कायमैबुधबार, चैत २८, २०८०

उपनिर्वाचनका लागि आचारसंहिता बुधबारबाट, क-कसलाई लाग्छ आचारसंहिता? बुधबार, चैत २८, २०८० उपनिर्वाचनका लागि आजबाट निर्वाचन आचारसंहिता लागू हुने भएको छ। इलाम–२ र बझाङ– १ (१) मा हुन गइरहेको निर्वाचनका लागि आजबाट निर्वाचन आचारसंहिता लागू हुन लागेको हो।

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन आज बुधबार, चैत २८, २०८० राष्ट्रिय सभाको उपाध्यक्ष पदका आज निर्वाचन हुँदै छ। उपाध्यक्षका लागि मंगलबार दुई जनाको उम्मेदवारी दर्ता भएको छ। नेकपा एमाले र नेपाली कांग्रेसका तर्फबाट छुट्टाछुट्टै उम्मेदवारी दर्ता भएको हो । एमालेका तर्फबाट विमला घिमिरेले उम्मेदवारी दर्ता गराएकी थिइन्।

उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन, निर्वाचन चिह्न पनि प्रदान मंगलबार, चैत २७, २०८० आयोगका अनुसार इलाम- २ को प्रतिनिधि सभा निर्वाचनमा एक स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि १९ उम्मेदवार कायम रहेका छन्। उम्मेदवार फिर्ता लिनेमा स्वतन्त्र उम्मेदवार केशव कुमार चापागाईं रहेका छन्। आयोगले १९ जनाको अन्तिम नामावली प्रकाशन गरि निर्वाचन चिह्न समेत प्रदान गरिएको जनाएको छ।

उपनिर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू मंगलबार, चैत २७, २०८० आयोगमा रहेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकको सिफारिससमेतका आधारमा प्रतिनिधिसभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा आचारसंहिता लागू गराउन जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने निर्णय पनि गरेको छ।

कर्णालीको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त मंगलबार, चैत २७, २०८० प्रदेश प्रमुख तिलक परियारले उनलाई मंगलबार बेलुका मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। कँडेलले गठबन्धनमा रहेका नेकपा एमालेका ९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ सहित २३ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेका थिए।

कर्णालीमा एमालेका कँडेललाई मुख्यमन्त्री बनाउन दाबी पेस मंगलबार, चैत २७, २०८० मुख्यमन्त्री राजकुमार शर्माले गत बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले दुई वा दुईभन्दा बढी दलको समर्थनमा चैत २७ गतेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न मंगलबार साँझ ५:५० बजेभित्र समय दिएका थिए।

गण्डकीको मुख्यमन्त्री नियुक्ति बदर माग गर्दै कांग्रेस सर्वोच्चमा, बुधबार पेसी मंगलबार, चैत २७, २०८० गण्डकी प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नवनियुक्त मुख्यमन्त्रीको नियुक्त बदरको माग राख्दै मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।सर्वोच्चले सो रिटको बुधबारका लागि पेसी तोकको छ ।

विश्वप्रकाशको प्रधानमन्त्रीलाई अपिल- रास्वपाले मागे जस्तो २०४७ यता सार्वजनिक पद धारण गर्नेको सम्पत्ति छानबिन गरौँ मंगलबार, चैत २७, २०८० नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सार्वजनिक अपिल गर्दै रास्वपाको माग अनुसार २०४७ यता सार्वजनिक पद धारण गर्ने सबैको सम्पत्ति उपर छानबिन गर्न उच्चस्तरीय समिति बनाउन आग्रह गरेका छन्।

राप्रपाको प्रदर्शनमा झडप हुँदा १४ घाइते, २ जना पक्राउ मंगलबार, चैत २७, २०८० ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको छ। प्रदर्शनका क्रममा झडप भएको साथै प्रहरी लाठीचार्ज र पानीको फोहोरा हानेको छ।प्रदर्शनका कारण काठमाडौं र ललितपुरको सवारी आवागमन दिनभर प्रभावित भएको छ। घण्टौँ सवारी जाम भएको छ। देशभरबाट...

कांग्रेसलाई रास्वपाको काउन्टर– ०४७ यताका सबै प्रकरणको उच्चस्तरीय छानबिन गरौँ मंगलबार, चैत २७, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २०४७ देखि यताका सबै प्रकरणको उच्चस्तरीय छानबिन गर्न माग गरेको छ।प्रतिनिधि सभा बैठक पछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै रास्वपाका उपसभापति एवं सांसद डा स्वर्णिम वाग्लेले २०४७ सालदेखि छानबिन गर्न रास्वपाले उच्चस्तरीय छानबिन समितिको माग गरेको बताए।

प्रदर्शनमा दमन भएको भन्दै राप्रपाले माग्यो गृहमन्त्रीको राजीनामा मंगलबार, चैत २७, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेका छन्।मंगलबार पार्टीको जनप्रदर्शनमा प्रहरीमार्फत व्यापक दमन गरिएको भन्दै उनले गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए। प्रदर्शनकै क्रममा गरिएको कोणसभामा बोल्दै लिङ्देनले गृह प्रशासन र मन्त्रीको भर्त्सना गरेका थिए।उनले भने, ‘म गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएर भन्न चाहन्छु, आजको...

प्रहरीको आक्रमणबाट राप्रपा वरिष्ठ नेता बुद्धिमान तामाङ घाइते मंगलबार, चैत २७, २०८० भृकुटीमण्डपबाट शुरु भएको राप्रपाको जुलुस भद्रकाली हुँदै सिंहदबारतर्फ आउन लागेपछि प्रहरीले अवरोध गरेको थियो। निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले प्रर्दशनकारीमाथि पानीको फोहोरा प्रयोग गरेको थियो। तर प्रर्दशनकारी नरोकिएपछि प्रहरीले लाठीचार्ज गरेको हो। यहीक्रममा तामाङसहित प्रर्दशनकारी घाइते भएका हुन्।