News Griha :: न्यूजगृह
प्रदर्शनमा दमन भएको भन्दै राप्रपाले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेका छन्।

मंगलबार पार्टीको जनप्रदर्शनमा प्रहरीमार्फत व्यापक दमन गरिएको भन्दै उनले गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए। प्रदर्शनकै क्रममा गरिएको कोणसभामा बोल्दै लिङ्देनले गृह प्रशासन र मन्त्रीको भर्त्सना गरेका थिए।

उनले भने, ‘म गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएर भन्न चाहन्छु, आजको दिनलाई हामी सम्झनामा राख्छौँ। अब हामी गृहमन्त्रीको राजीनामा माग्छौं। ४० बुँदे मागमा एउटा यो बुँदा थपिएको छ।’

प्रहरीको बल प्रयोगबाट आफ्ना थुप्रै नेता कार्यकर्ता घाइते भएको लिङ्देनले बताए। उनले कार्यकर्ताहरूलाई विचलित नभइ जुलुसमा अगाडि बढ्न आग्रह गरे। राप्रपाको जुलुस बानेश्वर पुगेर आमसभामा परिणत हुने भएको छ।

राप्रपाको प्रदर्शनमा झडप

सांसद ज्ञानेन्द्र शाही पक्राउ 

प्रहरीको आक्रमणबाट राप्रपा वरिष्ठ नेता बुद्धिमान तामाङ घाइते

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १५:०८
Weather Update