News Griha :: न्यूजगृह
लुम्बिनीका मुख्यमन्त्री महराले मागे विश्वासको मत

काठमाडौं — लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत मागेका छन्।  

प्रदेश सभाको शुक्रबार बसेको बैठकमा माओवादी संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री महराले विश्वासको मत मागेका हुन्।

केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण यो कार्यकालको तेस्रो मुख्यमन्त्रीका रुपमा आफू आएको भन्दै उनले सरकार सञ्चालनमा सबैले सहयोग गर्ने विश्वास व्यक्त गरे। 

उनले छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने बताए।
 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १४:१८
Weather Update