News Griha :: न्यूजगृह
प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं — प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

बैठक शुरु हुनासाथ कांग्रेसले सहकारी ठगी प्रकरणमा संलग्न देखिएका रवि लामिछानेमाथि कारवाही नभएको भन्दै संसदीय छानबिन समिति गठन गर्ने आफ्नो माग दोहोराएको थियो ।

कांग्रेस सांसद सुशीला थिङले सहकारीको रकम अवैध रुपमा गोर्खा मिडियामा ल्याइएको विषयमा अध्यक्ष र प्रबन्ध निर्देशक कारवाहीको दायरामा आउनुपर्ने माग गरेकी थिइन् ।

सभामुखले रास्वपाका सांसद मनिष झालाई बोल्न समय दिएपछि कांग्रेसका सांसदले उठेर विरोध गर्दै अवरोध गरेका थिए । लगातारको अवरोधपछि सभामुखले बैठक स्थगित गरेका छन् । 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १३:१८
Weather Update