प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौं — प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ। १५ मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँसेर बुधबारसम्मका लागि स्थगित भएको संसद् सचिवालयले जनाएको छ।
अब अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने छ।
यसअघि मंगलबार शुरु भएको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गरेका थिए।
बैठक शुरु हुनासाथ कांग्रेसले सहकारी ठगी प्रकरणमा संलग्न देखिएका रवि लामिछानेमाथि कारवाही नभएको भन्दै संसदीय छानबिन समिति गठन गर्ने आफ्नो माग दोहोर्याउँदै आफ्नो माग पुरा नभएसम्म संसद् अगाडि बढाउन नदिने बताएको थियो ।
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८० १४:२१