युवा पुस्तामा देखिएको उग्र निराशामाथि विश्वास जगाउनुपर्छ : प्रधानमन्त्रीशनिबार, चैत २४, २०८०

एमाले उम्मेदवार सुहाङले दर्ता गराए मनोनयन शनिबार, चैत २४, २०८० इलाम २ मा नेकपा एमालेले मनोनयन दर्ता गराएको छ। एमालेका तर्फबाट नेता दिवंगत सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङले मनोनयन दर्ता गराएका हुन्।वैशाख १५ मा हुने उपनिर्वाचनका लागि इलाम २ मा सुहाङसहित १२ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन्।

रास्वपा उम्मेदवार मिलन लिम्बूले दर्ता गराए मनोनयन शनिबार, चैत २४, २०८० इलाम २ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले मनोनयनपत्र दर्ता गराएका छन्।रास्वपाका उपसभापति श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी सहितको टोलीसँग मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा पुगेर लिम्बूले मनोनयन पत्र दर्ता गराएका हुन्।

बझाङ प्रदेश सभा उपनिर्वाचन: ९ जनाको उम्मेदवारी दर्ता, एकजना अझै लाइनमा शनिबार, चैत २४, २०८० आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ का लागि विभिन्न दलबाट १० जनाको उम्मेदवारी दर्ता भएको छ। साँझ ५ बजेसम्म नेपाली कांग्रेसका तर्फबाट अभिषेक बहादुर सिंह, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंह र जसपा नेपालबाट रामबहादुर दर्जीको उम्मेदवारी दर्ता भएको छ।

कांग्रेस एक्लै लड्नुपर्छ, बहुमत ल्याउनुपर्छ : सभापति देउवा शनिबार, चैत २४, २०८० उनले भने, ‘वर्तमान राजनीतिक अवस्थालाई ध्यानमा राखेर एक्लै जित्न सक्ने, बहुमत ल्याउने पार्टी बनाउनु हाम्रो लागि अपरिहार्य भएको छ। त्यसैले सबै पार्टीका साथीहरू एक भएर लाग्नुहोस्। आपसी समझदारी, समन्वय कायम गर्दै देशभर पार्टी जित्न आवश्यक छ। त्यसकारण बहुमत ल्याउनको लागि कम्मर कसेर अगाडि बढ्न अनुरोध गर्दछु।’

इलाम २ उपनिर्वाचन : कांग्रेसका खड्कासहित ७ जनाको मनोनयन दर्ता शनिबार, चैत २४, २०८० इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि कांग्रेसका तर्फबाट उम्मेदवार डम्बर खड्काले मनोनयन दर्ता गराएका छन्।निर्वाचन अधिकृतको कार्यालय इलाममा खड्काले केन्द्रीय नेताहरूको उपस्थितिमा मनोनयन दर्ता गराएका हुन्। खड्काको मनोनयनसँगै इलाम २ को उपनिर्वाचनका लागि मनोनयन दर्ता गराउनेको संख्या ७ पुगेको छ।

इलाम २ मा स्वतन्त्रसहित ३ जनाको मनोनयन शनिबार, चैत २४, २०८० प्रतिनिधि सभा उपनिर्वाचनमा जनमत पार्टीले मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा पहिलो क्रममा मनोनयन दर्ता गरेको छ।जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ (प्रेमदिप)ले सुरुमै मनोनयन दर्ता गराएका हुन् ।

उपनिर्वाचनको लागि आज उम्मेदवारी दर्ता शनिबार, चैत २४, २०८० आगामी वैशाख १५ मा हुने उपनिर्वाचनको लागि इलाम- २ र बझाङ (१) मा आज उम्मेदवारी दर्ता हुँदैछ।निर्वाचन आयोगका अनुसार उपनिर्वाचनका लागि आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले उम्मेदवारी दर्ता गर्न सक्नेछ।

लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका जोखबहादुर महरा नियुक्त शुक्रबार, चैत २३, २०८० लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन्।प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) अनुसार महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। माओवादी संसदीय दलका नेता महराले शुक्रबार बिहान ४४ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

इलाम २ मा कांग्रेसलाई पहिले भन्दा सहज छ, चुनाव जित्छु : डम्बर खड्का शुक्रबार, चैत २३, २०८० इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट उम्मेदवार बनेका डम्बर खड्काले अघिल्लो पटक भन्दा यसपालि चुनाव जित्न सहज भएको दाबी गरेका छन्। शुक्रबार बिहान काठमाडौं भएको अन्तरक्रियामा उनले २०७९ को प्रतिनिधि सभा निर्वाचनमा भन्दा यस पटक कांग्रेसलाई प्रतिस्पर्धा गर्न सहज भएको बताए।खड्का ६ जना आकाङ्क्षीलाई पछि पार्दै...

लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महराको दाबी पेस शुक्रबार, चैत २३, २०८० लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले दाबी पेस गरेका छन्।उनले शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

चार प्रदेशमा कामचलाउ सरकार शुक्रबार, चैत २३, २०८० केन्द्रीय गठबन्धन फेरबदल हुँदा कोशी बाहेक छ प्रदेशमा राजनीतिक तरङ्ग पैदा भएको छ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा सरकार नै ढलेका छन्। ती चार प्रदेश अहिले कामचलाउ सरकारको भरमा छन्। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र र कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले बुधबार राजीनामा दिएका थिए। त्यस्तै, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा बिहीबार, चैत २२, २०८० नाउपाको आन्तरिक विवाद र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले असहयोग गर्ने भएपछि उनले राजीनामा दिएका हुन्।