News Griha :: न्यूजगृह
इलाम २ उपनिर्वाचन : कांग्रेसका खड्कासहित ७ जनाको मनोनयन दर्ता

काठमाडौं — इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि कांग्रेसका तर्फबाट उम्मेदवार डम्बर खड्काले मनोनयन दर्ता गराएका छन्।

निर्वाचन अधिकृतको कार्यालय इलाममा खड्काले केन्द्रीय नेताहरूको उपस्थितिमा मनोनयन दर्ता गराएका हुन्। खड्काको मनोनयनसँगै इलाम २ को उपनिर्वाचनका लागि मनोनयन दर्ता गराउनेको संख्या ७ पुगेको छ।

dambar_bahadur_khadka_illam_1-1712399735.jpg
डम्बर खड्का मनोनयन गर्न जाँदै


खड्का २०७९ मङ्सिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा इलाम २ बाट पराजित भएका थिए। उक्त निर्वाचनबाट निर्वाचित एमालेका सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो।

आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचन मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी मनोनयन दर्ता गराउनेमा एमाले र माओवादी केन्द्रका साझा उम्मेदवार सुहाङ नेम्वाङ रहेका छन्।

suhang_nembang_illam-1712399735.jpg
सुहाङ नेम्वाङ मनोनयन गर्न जाँदै

त्यस्तै, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्याम दर्जी, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, पहिचानवादीका तर्फबाट डकेन्द्र सिंह थेगिम र नेकपा एकीकृत समाजवादीका जीतबहादुर राई रहेका छन्।

सबै उम्मेदवारले बाँजागाँजा र झाँकीसहित निर्वाचन कार्यालयमा गइ उम्मेदवारी दर्ता गराएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले केहीबेरमा मनोनयन दर्ता गराउने तयारी रहेको छ।

इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि शनिबार उम्मेदवारको मनोनयन दर्ता भइरहेको हो।

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १६:१२
Weather Update