News Griha :: न्यूजगृह
इलाम २ मा स्वतन्त्रसहित ३ जनाको मनोनयन

काठमाडौं — प्रतिनिधि सभा उपनिर्वाचनमा जनमत पार्टीले मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा पहिलो क्रममा मनोनयन दर्ता गरेको छ।
जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ (प्रेमदिप)ले सुरुमै मनोनयन दर्ता गराएका हुन् ।

मनोनयन अघि चर्चामा नै नआएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले दोस्रो क्रममा मनोनयन दर्ता गरेको छ।

नेमकिपाबाट मोरङका श्यामबहादुर दर्जीले उम्मेदवार दर्ता गराएका हुन्। जनमत पार्टी र नेमकिपाले इलाम–२ मा अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका थिएनन् ।

तेस्रोमा डाकप्रसाद गौतमले मनोनयन दर्ता गराएका छन् । गौतमले यसपटक भने स्वतन्त्र उम्मेदवारी दिएका छन्।

अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा गौतम नेपाली कांग्रेस बीपी बाट इलाम–२ मा उम्मेदवारी दिएका थिए। उनले ५४ मत प्राप्त गरेका थिए।    

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १३:१३
Weather Update