News Griha :: न्यूजगृह
कर्णालीमा नयाँ सरकार गठनका लागि आह्वान
कर्णालीमा नयाँ सरकार गठनका लागि आह्वान कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ।प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका हुन्।सात दिन समय दिएर सरकार गठनका लागि आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।
आन्तरिक किचलोले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीको दुईवटा ह्वीप
आन्तरिक किचलोले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीको दुईवटा ह्वीप सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरिरहँदा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का तर्फबाट पक्ष र विपक्षमा मत दिन र नदिन छुट्टाछुट्टै निर्देशन (ह्वीप) जारी गरिएको छ।पार्टी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार प्रदेशसभाबाट लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएकी छन्।
प्रदेशमा सत्ता गठबन्धनलाई समर्थन नगर्ने राप्रपाको निर्णय
प्रदेशमा सत्ता गठबन्धनलाई समर्थन नगर्ने राप्रपाको निर्णय राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशमा सरकार गठन वा मुख्यमन्त्रीले विश्वासको मत लिँदा सत्ता गठबन्धनलाई सहयोग नगर्ने भएको छ ।बुधबार बसेको पदाधिकारी बैठकले सत्ता गठबन्धनलाई सहयोग नगर्ने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । 
अन्ततः कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा
अन्ततः कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा संसद् बैठकलाई सम्बोधन गरेर राजीनामा दिएका मुख्यमन्त्रीले प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र बुझाउने छन्। मुख्यमन्त्री शर्माले यसअघि मंगलबार संसदबाट विश्वासको मत लिने तयारी गरेका थिए।
राष्ट्रिय सभा उपाध्यक्षको चुनाव चैत २८ गते
राष्ट्रिय सभा उपाध्यक्षको चुनाव चैत २८ गते राष्ट्रिय सभामा रिक्त उपाध्यक्ष पदको निर्वाचन आगामी चैत २८ गते हुने भएको छ। राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले बुधबार बसेको बैठकमा चैत २८ गते उपाध्यक्ष पदको निर्वाचन मिति तोकेका हुन्। निर्वाचनको कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गर्न संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई उनले निर्देशन दिएका छन्। 
सभामुखलाई सांसदको प्रश्न- मन्त्रीहरूले गर्दा लोगो लगाएर हिँड्न गाह्रो भयो, के गरौँ?  
सभामुखलाई सांसदको प्रश्न- मन्त्रीहरूले गर्दा लोगो लगाएर हिँड्न गाह्रो भयो, के गरौँ?   नेपाली कांग्रेसका सांसद रमा कोइराला पौड्यालले ठगी प्रकरणमा सरकारका मन्त्रीहरूको नाम जोडिँदा सांसदको लोगो लगाएर हिँड्न गाह्रो भएको बताएकी छन्।
सुदूरपश्चिमका मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न नाउपाको ह्वीप
सुदूरपश्चिमका मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न नाउपाको ह्वीप अध्यक्ष श्रेष्ठले पार्टी संसदीय दलको विधान नभएकाले पार्टीको महत्वपूर्ण निर्णयमा ह्वीप लगाउने अधिकार केन्द्रीय अध्यक्षलाई रहेको दाबी गरेकी छन्।  
गण्डकीमा चैत २७ गतेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान
गण्डकीमा चैत २७ गतेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूलाई प्रदेश प्रमुखले ७ दिनको समय दिएका छन्।बुधबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले चैत २७ गते दिउँसो ३ बजेभित्र नयाँ मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका हुन्। 
फुटको संघारमा नाउपा: सुदूरपश्चिमकी राज्यमन्त्री गिरीलाई सांसद पदबाटै हटाउन पत्राचार
फुटको संघारमा नाउपा: सुदूरपश्चिमकी राज्यमन्त्री गिरीलाई सांसद पदबाटै हटाउन पत्राचार नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम सरकारकी राज्यमन्त्री इन्दिरा गिरीलाई सांसदबाटै हटाउन प्रदेश सभालाई पत्राचार गरेकी छन्।
सरकारले बलजफ्ती गरे संसद् चल्न नदिने कांग्रेसको चेतावनी
सरकारले बलजफ्ती गरे संसद् चल्न नदिने कांग्रेसको चेतावनी नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीमा सहकारीको रकम हिनाहिनामा संलग्न एउटा ‘कोर टिम’ नै रहेको आरोप लगाएको छन्।बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री शर्माले कोर टिमले सहकारीको रकम ठगीमा संलग्न रहेको र पार्टी भित्रकै अर्को टोलीले ती गतिविधि ढाकछोप गरेको टिप्पणी पनि...
गण्डकीका मुख्यमन्त्रीले दिए राजीनामा
गण्डकीका मुख्यमन्त्रीले दिए राजीनामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन्। पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन्। गत फागुन २३ माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले २२ गते संसद्‌मा विश्वासको मत लिनुपर्ने थियो।
इलाम- २ उपनिर्वाचन: १ सय ४९ मतदान केन्द्र, ८ सय ९४ कर्मचारी परिचालन हुने
इलाम- २ उपनिर्वाचन: १ सय ४९ मतदान केन्द्र, ८ सय ९४ कर्मचारी परिचालन हुने प्रतिनिधिसभा सदस्य चयन गर्न आगामी वैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ।
Weather Update