News Griha :: न्यूजगृह
सुदूरपश्चिम प्रदेश सभाको बैठक २ घण्टा सारियो
सुदूरपश्चिम प्रदेश सभाको बैठक २ घण्टा सारियो सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको प्रदेश सभाको बैठक २ घण्टा सारिएको छ। मुख्यमन्त्रीको आग्रहमा दिउँसो ३ बजेलाई बोलाइएको बैठक ५ बजेसम्म सारिएको प्रदेश सभा सचिवालयले जनाएको छ। सचिवालयका सूचना अधिकारी युवराज जैशीले बैठक दुई घण्टा सारिएको जानकारी दिए। 
केन्द्रको कोपभाजन र स्वार्थमा प्रदेश सरकार
केन्द्रको कोपभाजन र स्वार्थमा प्रदेश सरकार केन्द्रमा सत्ता समीकरण फेरबदल भएको एक महिनामै प्रदेश सरकारमा यसको प्रभाव देखिन थालेको छ। केन्द्रको सत्ता गठबन्धन परिवर्तनसँगै प्रदेश सरकारहरू ढल्ने र नयाँ बन्नेक्रम शुरु भएको छ। गण्डकी र कर्णालीका मुख्यमन्त्रीले बुधबार नै पदबाट राजीनामा दिएका छन्।१४ महिनाअघि २०७९ पुस १० मा निर्माण भएको समीकरण दुई महिनामै टुटेर नेपाली...
राष्ट्रिय सभा उपाध्यक्षमा एमालेले घिमिरेलाई उम्मेदवार बनाउने 
राष्ट्रिय सभा उपाध्यक्षमा एमालेले घिमिरेलाई उम्मेदवार बनाउने  नेकपा एमालेले राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ।एमालेले कपिलवस्तुकी विमला घिमिरेलाई राष्ट्रिय सभा उपाध्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको हो। ‘पार्टी अध्यक्षज्यूले विमला घिमिरे नै उम्मेदवार हो भन्नु भएको छ,’ राष्ट्रिय सभा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले भने, ‘उहाँ नै हो  हाम्रो उम्मेदवार।’
विश्वासको मत नपाउने पक्कापक्कीपछि राजीनामा दिँदै लुम्बिनीका मुख्यमन्त्री, माओवादीका महराले जुटाए ४४ सांसदको हस्ताक्षर
विश्वासको मत नपाउने पक्कापक्कीपछि राजीनामा दिँदै लुम्बिनीका मुख्यमन्त्री, माओवादीका महराले जुटाए ४४ सांसदको हस्ताक्षर उनले बिहीबार दिउँसो ४ बजे बस्ने प्रदेश सभा बैठकमा आफ्ना भनाइ राखेर त्यहीँबाटै राजीनामा घोषणा गर्ने उनीनिकट स्रोतले बताएको छ।
बझाङ प्रदेश सभामा कांग्रेसबाट अभिषेक सिंह उम्मेदवार
बझाङ प्रदेश सभामा कांग्रेसबाट अभिषेक सिंह उम्मेदवार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बझाङ प्रदेशसभा क्षेत्र नं. १ मा वैशाख १५ गते हुन लागेको उपनिर्वाचनको टिकट अभिषेक सिंहलाई दिएको छ।उनी दिवंगत नेता पृथ्वीबहादुर सिंहपुत्र हुन्। पृथ्वीबहादुरको दुर्घनामा परी निधन भएपछि बझाङमा उपनिर्वाचन हुन लागेको हो। उनी सुदूरपश्चिम प्रदेशका मन्त्रीसमेत थिए। मन्त्रीमा बहाल रहेकै समयमा उनी सवार जीप दुर्घनामा...
इलाम २ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय  
इलाम २ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय   नेपाली कांग्रेसले इलाम २ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बिहीबार देउवा निवास बूढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले खड्कालाई अघि सार्ने निर्णय गरेको हो।खड्कालाई उम्मेदवार बनाउन सभापति देउवाले अडान लिएका थिए।
माओवादीले इलाम–२ मा सुहाङलाई सघाउने
माओवादीले इलाम–२ मा सुहाङलाई सघाउने आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले इलाम–२ मा नेकपा एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने भएको छ।यसअघि माओवादी केन्द्रले धिरेन्द्र शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।शर्मालाई नाम फिर्ता लिन लगाउने विषयमा हिजो प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच...
लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिने 
लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिने  लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि त्यसको असर लुम्बिनीमा पनि परेको हो।प्रदेश सभाको बैठक अपरान्ह ४ बजेका लागि बोलाइएको छ। बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने प्रस्ताव पेस हुने कार्यसूची रहेको छ। 
संविधानमा विचारपक्षको हालीमुहाली हुनुपर्ने प्रधानमन्त्रीको भनाइको अन्तर्य के हो? 
संविधानमा विचारपक्षको हालीमुहाली हुनुपर्ने प्रधानमन्त्रीको भनाइको अन्तर्य के हो?  तर अहिले आएर जननिर्वाचित संसद्लाई समेत उपेक्षा गर्ने गरी स्वयं प्रधानमन्त्री दाहाल समाजवादको वकालत गर्न सडक नै सबैभन्दा उपयुक्त थलो भएको भनेर त्यसको पैरवी गर्न थालेका छन्।अहिलेको सत्ता गठबन्धनमा रास्वपा बाहेकका तीन दल समाजवादी धारका छन्। मुलुकको निर्वाचन प्रणाली यति जटिल हुँदै गएको छ की एउटा दलले प्रष्ट बहुमत ल्याउन...
सुदूरपश्चिममा मुख्यमन्त्री शाहले विश्वासको मत लिँदै 
सुदूरपश्चिममा मुख्यमन्त्री शाहले विश्वासको मत लिँदै  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।प्रदेशसभाको बैठक बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको छ।  सो बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताए। शाह नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका हुन्। 
जसपाबाट बाँकेकी हसिना खान समानुपातिक सांसद बन्दै
जसपाबाट बाँकेकी हसिना खान समानुपातिक सांसद बन्दै जनता समाजवादी पार्टी (जसपा) बाट समानुपातिकतर्फ बाँकेकी हसिना खान प्रतिनिधिसभा सदस्य बन्ने भएकी छन्।बिहीबार बस्ने पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले खानलाई प्रतिनिधि सभा सदस्यमा निर्वाचित गर्न निर्वाचन आयोगलाई पत्राचार गर्न लागेको हो। बैठक बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बसिरहेको छ। जसपाबाट निर्वाचित समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको मृत्यु भएपछि रिक्त स्थानमा...
उपनिर्वाचनका उम्मेदवार टुंग्याउन कांग्रेस बैठक आज पनि
उपनिर्वाचनका उम्मेदवार टुंग्याउन कांग्रेस बैठक आज पनि बिहीबार पनि बिहान ९ बजे बुढानिलकण्ठस्थित सभापति देउवाको निवासमा पार्टीको कार्यसम्पादन समितिको बैठक बस्ने प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिए । उपनिर्वाचन हुने इलाम–२ र बझाङ प्रदेश सभा–१ मा उम्मेदवारका विषयमा सभापति देउवा र नेता शेखर कोइराला पक्षबीच विवाद भएको छ ।
Weather Update