निर्वाचन आयोगले गर्यो गृहमन्त्री लामिछानेसँग छलफलआइतबार, चैत २५, २०८०

खगराजविरुद्ध कांग्रेस सर्वोच्च जाने आइतबार, चैत २५, २०८० सभामुख समेतको समर्थनमा मुख्यमन्त्री बन्नु असंवैधानिक भएको भन्दै कांग्रेस गण्डकी सर्वोच्च जाने तयारीमा लागेको हो। नेपाली कांग्रेस गण्डकी, संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले भने, ‘सभामुखलाई समेत गणना गरेर गैरसंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरिएकाले सर्वोच्चमा रिट हाल्ने तयारी गरेका छौं।’

गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त आइतबार, चैत २५, २०८० गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारी नियुक्त भएका छन्।प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।अधिकारीले आइतबार मात्रै मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। अधिकारीले नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताल र स्वतन्त्र सांसद राजीव...

३१ सांसदको समर्थनमा गण्डकीको मुख्यमन्त्रीमा अधिकारीको दाबी पेस, सभामुख र मनाङेको पनि हस्ताक्षर आइतबार, चैत २५, २०८० गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन्।अधिकारीले नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताल र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) समेतको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले...

उपनिर्वाचनः कहाँ कस्तो छ दलीय हैसियत? आइतबार, चैत २५, २०८० एक प्रकारले हेर्ने हो भने डेढ वर्षअघि भएको आमनिर्वाचनको परिणाम भत्किसकेको छ। चुनावमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेर पाँच वर्ष स्थिर सरकार, विकास र समृद्धिका लागि भन्दै मत मागेका थिए। त्यही बेलामा कांग्रेस संसद्को पहिलो दल बन्यो, माओवादी केन्द्र तेस्रो। तर डेढ वर्षमै दलहरू त्यसबेला गरेका चुनावी...

पाँच संसदीय समितिको बैठक आज, सुरक्षण मुद्रण विधेयक देखि उपसमिति गठनसम्मका कार्यसूची आइतबार, चैत २५, २०८० संघीय संसद्, प्रतिनिधि सभा र राष्ट्रिय सभा अन्तर्गतका विभिन्न पाँच संसदीय विषयगत समितिको बैठक आज बस्दै छ।प्रतिनिधि सभाको ४ वटा मध्ये, कानुन, न्याय तथा मानवअधिकार समितिको र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजेको लागि बोलाइएको छ। यस्तै महिला तथा सामाजिक महिला समिति र राष्ट्रिय सभाको...

रास्वपाले बोलायो संसदीय दलको बैठक आइतबार, चैत २५, २०८० यस्तै, संसद्मा प्रस्तुत विधेयकहरूमाथि पार्टीको साझा धारणा बनाउने, रास्वपाबाट सरकारमा गएका मन्त्रीहरूले गरेका काममा सम्बन्धमा समेत बैठकमा छलफल गर्ने एजेण्डा रहेको परियारले जानकारी दिए ।

उपनिर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने आइतबार, चैत २५, २०८० निर्वाचन आयोगले सार्वजनिक गरेको उपनिर्वाचन कार्यसूची अनुसार आइतबार उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ। आयोगका अनुसार आज उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्र तथा उजुरी उपर जाँचबुझ गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ। चैत २७ गते उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन...

एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै आइतबार, चैत २५, २०८० नेकपा एमाले केन्द्रीय कार्यालयको बैठक आइतबार बस्दैछ।ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा मध्याह्न साढे १२ बजे बस्ने बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारीका बारेमा छलफल हुने सचिव पद्मा अर्यालले जानकारी दिइन्। एमालेले वैशाख ८ देखि १० गतेसम्म राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आयोजना गर्दैछ। करिब २२ सय जना सहभागी रहने...

लुम्बिनीका मुख्यमन्त्री महराले शपथग्रहण गर्दै आइतबार, चैत २५, २०८० लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आइतबार पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन्।प्रदेश प्रमुखको कार्यालय बुटवलमा दिउँसो पौने दुई बजे शपथ ग्रहणको कार्यक्रम राखिएको प्रदेश प्रमुख अमिक शेरचनका प्रमुख स्वकीय सचिव नारायण प्रसाद आचार्यले जानकारी दिए।लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले राजीनामा दिएपछि ४८ प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय...

यी हुन् इलाम र बझाङका ३२ उम्मेदवार शनिबार, चैत २४, २०८० प्राप्त विवरण अनुसार इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयनपत्र दर्ता भएको छ। मनोनयनपत्र दर्ता गर्ने २० जना सबै पुरूष रहेको निर्वाचन आयोगका उपसचिव एवम् सहायक प्रवक्ता राम दत्त पाण्डेयले जानकारी दिए।

शंकर भण्डारीको दाबीः यो सरकार हनिमुन पिरिएड नसकिँदै ढल्छ, कांग्रेस र एमालेको नयाँ सरकार बन्छ शनिबार, चैत २४, २०८० दाङमा शनिबार पत्रकारसँग नेता भण्डारीले देशलाई राजनीतिक स्थायित्व दिन र विकास निर्माणका कामलाई अघि बढाउन कांग्रेस र एमालेले सहकार्य गर्नुपर्ने बारे छलफल भइरहेकाले वर्तमान सरकार धेरै नटिक्ने बताएका हुन्।

इलाम २ उपनिर्वाचन : १३ जनाले गराए उम्मेदवारी दर्ता शनिबार, चैत २४, २०८० आउँदो वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि १३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार मनोनयन दर्ताको लागि तोकिएको समयमा १३ जनाले दर्ता प्रमाणपत्र बुझेका छन्। शनिबार १० बजेबाट सुरु भएको निर्वाचन प्रक्रियामा जनमत पार्टीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पहिलो क्रममा मनोनयन दर्ता गराएको छ। जनमत...