News Griha :: न्यूजगृह
रास्वपाले बोलायो संसदीय दलको बैठक

काठमाडौं —  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्ने भएको छ।

बैठक रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार साँझ ५ बजे बस्ने तय छ।

बैठकमा संसद्को कामकारबाहीमा पार्टीको प्रभावकारी उपस्थिति र भूमिकाको सम्बन्धमा छलफल हुने रास्वपा प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

यस्तै, संसद्मा प्रस्तुत विधेयकहरूमाथि पार्टीको साझा धारणा बनाउने, रास्वपाबाट सरकारमा गएका मन्त्रीहरूले गरेका काममा सम्बन्धमा समेत बैठकमा छलफल गर्ने एजेण्डा रहेको परियारले जानकारी दिए ।

 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ०९:५०
Weather Update