News Griha :: न्यूजगृह
यी हुन् इलाम र बझाङका ३२ उम्मेदवार

काठमाडौं —  वैशाख १५ गते हुने इलाम २ तथा बझाङ प्रदेश सभा १ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ। 

प्राप्त विवरण अनुसार इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयनपत्र दर्ता भएको छ। मनोनयनपत्र दर्ता गर्ने २० जना सबै पुरूष रहेको निर्वाचन आयोगका उपसचिव एवम् सहायक प्रवक्ता राम दत्त पाण्डेयले जानकारी दिए।

त्यसैगरी बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जनाको मनोनयनपत्र दर्ता भएको छ। जसमध्ये १ जना महिला र ११ जना पुरूष रहेका छन्।

उम्मेदवारको मनोनयनपत्र दर्ता भई सूची प्रकाशन भएपछि चैत २५ गते उम्मेदवारको विरोधमा उजुरी दिने, मिति चैत २६ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्ने र चैत २७ गते उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गर्ने कार्यक्रम रहेको छ। 

प्रतिनिधि सभा सदस्य उपनिर्वाचन, २०८१
इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मनोनयनपत्र दर्ता गर्नु भएका उम्मेदवारको नामावली
क्र.सं.उम्मेदवारको नाम (वर्णानुक्रम अनुसार)लिङ्गराजनीतिक दल/स्वतन्त्र
1अर्जुन बहादुर शाहीपुरुषस्वतन्त्र
2केशव कुमार चापागाईँपुरुषस्वतन्त्र
3गणेश बहादुर चौहानपुरुषराष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल
4जयवन्त विक्रम शाहपुरुषराष्ट्रिय मुक्ति आन्दोलन नेपाल
5जीत बहादुर राईपुरुषनेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
6डकेन्द्र सिंह लिम्बुपुरुषस्वतन्त्र
7डम्बर बहादुर खड्कापुरुषनेपाली काँग्रेस
8डाक प्रसाद गौतमपुरुषस्वतन्त्र
9दिपेश बोहोरापुरुषस्वतन्त्र
10धनराज राना मगरपुरुषनेशनल रिपब्लिक नेपाल
11प्रेम कुमार थाम्सुहाङपुरुषजनमत पार्टी
12मनि बहादुर लिम्वूपुरुषमंगोल नेशनल अर्गनाइजेशन
13मनोज निरौलापुरुषस्वतन्त्र
14मिलन कुमार योङयाङ लिम्बुपुरुषराष्ट्रिय स्वतन्त्र पार्टी
15योगेन्द्र गुरुङ्गपुरुषस्वतन्त्र
16राज वश्यालपुरुषस्वतन्त्र
17रेशम वहादुर सुनारपुरुषनेपाली जनता दल
18लक्ष्मी गुरुङ्गपुरुषराष्ट्रिय प्रजातन्त्र पार्टी
19श्याम बहादुर दर्जीपुरुषनेपाल मजदुर किसान पार्टी
20सुहाङ नेम्बाङपुरुषनेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
प्रदेश सभा सदस्य उपनिर्वाचन, २०८१
बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं १ मा मनोनयनपत्र दर्ता गर्नु भएका उम्मेदवारको नामावली
क्र.सं.उम्मेदवारको नाम (वर्णानुक्रम अनुसार)लिङ्गराजनीतिक दल/स्वतन्त्र
अभिषेक बहादुर सिंहपुरुषनेपाली काँग्रेस
अशोक सुनारपुरुषनेपाली जनता दल
कमल घर्तीमगरपुरुषनेशनल रिपब्लिक नेपाल
किशोर कुमार खड्कापुरुषराष्ट्रिय प्रजातन्त्र पार्टी
खगेन्द्र बहादुर शाहीपुरुषनेपाल मजदुर किसान पार्टी
गजेन्द्र बहादुर थापापुरुषराष्ट्रिय मातृभूमि पार्टी
जनक बहादुर बुढापुरुषनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
दमन बहादुर भण्डारीपुरुषनेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
दिपक बहादुर खडकापुरुषसंघिय लोकतान्त्रिक राष्ठ्रिय मञ्च
१०दिल बहादुर सिंहपुरुषनेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
११राम बहादुर जाग्रीपुरुषजनता समाजवादी पार्टी, नेपाल
१२शुशिला देवी विष्टमहिलाजनमत पार्टी

स्रोत: निर्वाचन आयोग 

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १९:०८
Weather Update