
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची बुधबार, चैत २१, २०८० सङ्घीय संसद्अन्तर्गत दुवै सदनको बैठक बुधबार बस्दै छ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

उपनिर्वाचनमा उम्मेदवार छान्न कांग्रेसलाई सकस, बुधबार पुनः कार्यसम्पादन समिति बैठक बुधबार, चैत २१, २०८० नेपाली कांग्रेसले उपनिर्वाचनको लागि पार्टीको उम्मेदवार टुंगो लगाउन सकेको छैन। आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ क्षेत्र नं १ प्रदेश ‘१’ मा हुन लागेको उपनिर्वाचनमा पार्टीका तर्फबाट उठाउने उम्मेदवारका बारेमा छलफल गर्न मंगलबार बैठक बसेपनि उम्मेदवार चयन गर्न सकेन।
-1710497760.jpg)
प्रतिनिधि सभाले अनुमोदन गर्यो बिमस्टेक बडापत्र बुधबार, चैत २१, २०८० संघीय संसद्ले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको देशको प्रयास (बिमस्टेक) बडापत्र अनुमोदन गरेको छ।मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सो बडापत्र अनुमोदन गरियोस् भनी उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राखेको प्रस्ताव बहुमतले पारित गरेको हो।

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बन्नैपर्ने कांग्रेसको अडान मंगलबार, चैत २०, २०८० प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति नबनेसम्म रोष्ट्रममा बोल्न नदिने भएको छ।कांग्रेसको पार्टी कार्यसम्पादन समितिको मङ्गलबारको बैठकले उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म गृहमन्त्री लामिछानेको जवाफ नसुन्ने निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले बताए।

दलहरू जनताबाट अलग भए समाजवादको बेहाल हुन्छ: माधव नेपाल मंगलबार, चैत २०, २०८० एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादको यात्रामा संविधान बाधक बने सच्याएर अघि बढ्न सक्नुपर्ने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित अन्तरक्रियामा उनले जनजिविकाको सवालमा दलहरू गम्भीर भएमात्रै समाजवादको यात्रा सार्थक हुने बताए। समाजवाद जनताको हित गर्ने व्यवस्था भएको भन्दै उनले विकल्प अरु कुनै व्यवस्था नभएको पनि भनाइ उनले राखे। सैद्धान्तिक बहस...

एमालेका ४ सांसदले शपथ लिएसँगै बागमतीमा मन्त्रीको संख्या १३, मन्त्रालय १२ मंगलबार, चैत २०, २०८० बागमती प्रदेशमा नेकपा एमालेबाट नियुक्त भएका चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार एमालेबाट मन्त्री बनेका काठमाडौंका केशव पोखरेल र प्रकाश श्रेष्ठ, ललितपुरका रामेश्वर श्रेष्ठ, मकवानपुरका एकालाल श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराए।

प्रचण्ड भन्छन्— समाजवादको आधार तयार गर्न सत्ता उलटफेर गरेँ मंगलबार, चैत २०, २०८० प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादको आधार तयार गर्नका लागि आफूले सत्ता उलटफेर गरेको टिप्पणी गरेका छन्। समाजवादी अन्तरक्रियामा उनले विगतको गठबन्धनबाट सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि सम्भव नदेखेपछि सत्ता फेरबदल गरेको टिप्पणी गरेका हुन्।

लुम्बिनीका मुख्यमन्त्री चौधरीले बिहीबार विश्वासको मत लिने, यस्तो छ अंकगणित मंगलबार, चैत २०, २०८० लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका ११, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टीका ४-४, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ३–३, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी र स्वतन्त्रका १–१ जना सांसद छन्। राप्रपाका एकजना सांसद भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका छन्।

रेशम—रञ्जितासँग प्रधानमन्त्रीले गरे छुट्टाछुट्टै छलफल मंगलबार, चैत २०, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रीमान-श्रीमतीबीचको विवादका कारण नागरिक उन्मुक्ति पार्टी विभाजन हुन नदिन र सत्ता गठबन्धन बलियो बनाइराख्न पहल लिएका छन्। समाजवादी मोर्चाको कार्यक्रमअघि मंगलबार प्रधानमन्त्रीले नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठसँग छुट्टाछुट्टै छलफल गरेका हुन्।
राजेन्द्र पाण्डेको प्रश्न—प्रधानमन्त्रीले मन्त्रीहरूलाई आफूखुसी मन्त्रालय चलाउने छुट दिनुभएको हो? मंगलबार, चैत २०, २०८० सत्तारूढ नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले शिक्षामन्त्री सुमना श्रेष्ठले भइरहेका निजामती कर्मचारीलाई अविश्वास गरी बाहिरबाट प्रशिक्षार्थी (इन्टर्न) ल्याउने निर्णय गरेकोमा प्रश्न उठाएका छन्।प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा बोल्दै उनले शिक्षा मन्त्रीको मन्त्रीस्तरीय निर्णयबाट ७४ हजार कर्मचारीमाथि कस्तो प्रभाव पर्ला भन्ने प्रश्न पनि गरे।

चीनसँगका १४ वटा नाका कहिले खुल्छन् मन्त्रीज्यू? मंगलबार, चैत २०, २०८० नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले दार्चुलालगायत देशका १४ वटा नाकाहरू सञ्चालन गर्ने परराष्ट्रमन्त्रीले दिएको अभिव्यक्तिबारे ध्यानाकर्षण भएको जनाउँदै संसद्मा आएर स्पष्ट जवाफको माग गरेका छन्।मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले प्रधानमन्त्रीले पछिल्लो चीन भ्रमणको क्रममा पनि नाका सम्बन्धी सम्झौता भएको तर आजसम्म पनि खुल्न नसकेको भन्दै यसबारे मन्त्रीले स्पष्ट जवाफ...

सुदूरपश्चिम: मुख्यमन्त्री शाहलेले बिहीबार विश्वासको मत लिने मंगलबार, चैत २०, २०८०