श्रममन्त्री डीपी अर्याल पनि सहकारी विवादमा मुछिए, छानबिन गर्न कांग्रेसको मागमंगलबार, चैत २०, २०८०

प्रचण्डको निर्देशनविरुद्ध विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री मंगलबार, चैत २०, २०८० सत्ता गठबन्धन दलहरूबीच प्रदेश बाँडफाँटमा सहमति जुटेको छ। सोमबार काठमाडौंमा बसेको एमाले–माओवादीसहित सत्ता गठबन्धनको बैठकले लुम्बिनी माओवादीले र कर्णाली प्रदेशको नेतृत्व एमालेले लिने सहमति भएको हो। माओवादीले नेतृत्व गर्दै आएको कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले लिने सहमति भएपछि कर्णालीमा माओवादीभित्रै विवाद सुरु भएको छ।

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, रमा आलेमगरले लिइन् विनाविभागीय मन्त्रीको शपथ मंगलबार, चैत २०, २०८० बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा नेकपा एकीकृत समाजवादीका प्रदेश सभा सदस्य रमा आलेमगरलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिनाविभागीय मन्त्री नियुक्त गरेका हुन्।

केन्द्रीय सदस्यलाई कुटपिट गर्ने नाउपाका २ प्रदेश अध्यक्ष बर्खास्त मंगलबार, चैत २०, २०८० नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले गण्डकी र बागमती प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासन गरेकी छन्। संस्थापक केन्द्रीय सदस्यहरूको बैठक चलिरहेका बेला नेताहरूलाई हातपात गरेको भन्दै अध्यक्ष श्रेष्ठले बागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङ र गण्डकी प्रदेश अध्यक्ष राजन गुरुङलाई जिम्मेवारीबाट पदमुक्त गरेको बताएकी छन्।

राष्ट्रिय सभाका तीन समितिको बैठक आज मंगलबार, चैत २०, २०८० संघीय संसदको राष्ट्रिय सभा अन्तर्गतका तीन विषयगत समितिको बैठक आज बस्ने भएको छ। आज विकास, आर्थिक मामिला तथा सुशासन र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे र विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

प्रतिनिधि सभा आज ११ बजे, तीन मन्त्रीले सांसदका प्रश्नको जवाफ दिने मंगलबार, चैत २०, २०८० प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बोलाइएको छ। आजको बैठकमा तीन मन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची छ। संसद सचिवालयका अनुसार आज वन तथा वातावण मन्त्रालय, संकृति, पर्यटन तथा नागकि उड्डयन मन्त्रालय र उर्जा, जलसोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक...

आज कांग्रेसको कार्य सम्पादन समिति बैठक, इलाम र बझाङको उम्मेदवार टुङ्ग्याउने मंगलबार, चैत २०, २०८० नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। सभापति शेरबहादुर देउवाले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार चयनसहित समसामयिक विषयहरूमा छलफल गर्न बैठक बोलाएका हुन्। बैठक दिउँसो २ बजे बुढानिलकण्ठस्थित सभापति देउवाको निवासमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयहरूमा छलफल गर्ने र उपनिर्वाचनका...

रेशम चौधरीको गुनासो- पार्टीको टेन्सनले तीन महिनादेखि खाना खाएको छैन सोमबार, चैत १९, २०८० नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले केन्द्रीय समितिको बैठकमा सरकारमा जाने नजाने भन्ने विषयमा वादविवाद भए पनि आफूले कुनै धम्की नदिएको प्रष्ट पारेका छन्।केन्द्रीय सदस्य रमेश विश्वकर्माले संरक्षक चौधरीले कुट्ने र हत्या गर्नेसम्मको धम्की दिएको आरोप लगाएपछि पत्रकार सम्मेलन गर्दै त्यसको प्रष्टिकरण दिएका हुन्।

नाउपामा पदलोलुपता धेरै देखियो, पार्टीको किचलोले आत्महत्या गर्ने अवस्थामा पुगिसकेँः रेशम चौधरी सोमबार, चैत १९, २०८० नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आफूलाई आत्महत्या गर्ने परिस्थितिमा पुर्याइएको बताएका छन्। सोमबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीको आन्तरिक किचलोले आत्महत्या गर्ने परिस्थितिमा पुगेको बताएका हुन्।

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत सोमबार, चैत १९, २०८० बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन्। सरकार जोगाउन ५६ सांसदको समर्थन चाहिएकोमा मुख्यमन्त्री जम्कट्टेलले त्यति नै मत पाएका हुन्। मुख्यमन्त्री जम्कट्टेलले माओवादीबाहेक, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाल पार्टीको मत प्राप्त गरे। उनको विपक्षमा ३७ जनाले मत दिए। त्यस्तै, १५ जना तटस्थ बसे।

निर्वाचनको विषयले चन्द समूहमा समस्या सोमबार, चैत १९, २०८० नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले निर्वाचनमा पार्टीको प्रयोग हुन खोजेपछि समस्या भएको बताएका छन्। अन्य दलहरूभन्दा फरक मान्यता राख्ने पार्टी भएकाले निर्वाचनको विषयले मतमतान्तर रहेको उनले बताए।काठमाडौंमा सोमबार शहीद परिवार सम्मान कार्यक्रममा बोल्दै आफूहरूले स्थानीय चुनावलाई प्रयोग गर्न खोजेपछि पार्टीमा केही समस्या आएको उनले स्वीकार गरे।

माओवादीबाट इलाम २ मा धिरेन्द्र शर्मा उम्मेदवार सिफारिस सोमबार, चैत १९, २०८० सत्तारुढ नेकपा माओवादी केन्द्रबाट इलाम क्षेत्र नं. २ मा धिरेन्द्र शर्मा तिम्सिना उम्मेदवार सिफारिस भएका छन्। माओवादी केन्द्रको जिल्ला कमिटीले उपनिर्वाचनका लागि उनको एकल नाम प्रदेश कमिटी समक्ष सिफारिस गरेको हो। उम्मेदवारका रूपमा एकल सिफारिस भएपछि आफूले चुनावको तयारी थालेको तिम्सिनाले बताए।

नाउपा विवादः केन्द्रीय सदस्यमाथि पार्टी कार्यालयमै हातपात देखि हत्यासम्मको धम्की! सोमबार, चैत १९, २०८० नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्माले आफूमाथि पार्टी केन्द्रीय कार्यालयभित्र आक्रमण भएको बताएका छन्। काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरेर उनले आफूहरूलाई रेशम चौधरीले आइतबार पार्टी कार्यालयमा भएको छलफलमै हत्या हुन सक्ने धम्की दिएको र सोमबार केन्द्रीय समिति बैठक सुरु हुनुअघि अनौपचारिक छलफलमा प्रधानमन्त्री भेट्न बालुवाटार गए...