प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन एमालेको निर्देशनसोमबार, चैत १९, २०८०

सहकारी पीडितलाई न्याय दिन छानबिन समिति गठन गर्नैपर्छ— सांसद गौतम सोमबार, चैत १९, २०८० ‘म कहाँ आज एक जना बहिनी आउनुभयो। उहाँले म बर्बाद भएँ। भन्दै गुनासो सुनाउनुभयो। म बिहान मेरा छोराछोरीलाई पनि समय नदिइ बिहानै र बेलुका अबेर ठेलामा, सडकमा पसल गर्दै बचाएको पैसा सहकारीमा राखेको थिएँ। अहिले चाहिएको बेला सहकारीले दिन सक्दैन भन्छ। म बर्बाद भएँ। लौन दिदी केही गरिदिनुपर्यो’, सहकारी पीडितको...

आज तीन संसदीय समितिका बैठक सोमबार, चैत १९, २०८० प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र दुवै सभाको संयुक्त समिति संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ। बिहान १० बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित महालेखापरीक्षक तोयम रायाका विषयमा संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने तयारी छ। संवैधानिक परिषद्बाट सिफारिस...

बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै सोमबार, चैत १९, २०८० बागमती प्रदेशसभाका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने तयारी गरेका छन्।आजको प्रदेश सभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन्। प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्नेछ।प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार आजको बैठकमा मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुनेछ।

साताव्यापी चीन भ्रमण सकेर उपप्रधानमन्त्री श्रेष्ठ आज स्वदेश फर्कंदै सोमबार, चैत १९, २०८० चीनको साताव्यापी भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कंदैछन्। श्रेष्ठ चैत १२ गते चीन प्रस्थान गरेका थिए। भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सीपीपीसीसी)का अध्यक्ष वाङ हुनिन, चिनियाँ समकक्षी वाङ यीलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरे।

प्रतिनिधि सभा आज पनि, कांग्रेसको विरोध जारी सोमबार, चैत १९, २०८० संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेदेखि सुरु हुनेछ। आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ।त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युत्तीय व्यापार विधेयकमाथि विचार...
![शिक्षक, कर्मचारीले दलीय राजनीति गरे उजुरी दिनुस्ः शिक्षामन्त्री [भिडिओ]](https://newsgriha.com/uploads/posts/520X390/sumana-shrestha-1709741808.jpg)
शिक्षक, कर्मचारीले दलीय राजनीति गरे उजुरी दिनुस्ः शिक्षामन्त्री [भिडिओ] आइतबार, चैत १८, २०८० शिक्षामन्त्री सुमना श्रेष्ठले बहालवाला प्राध्यापक, शिक्षक, कर्मचारीहरू कुनै पनि राजनीतिक दलमा आवद्ध भए उजुरी दिन आग्रह गरेकी छन्।उनले सामाजिक सञ्जालमार्फत शिक्षक, कर्मचारीलाई दलीय राजनीति नगर्न सचेत गराउँदै त्यसो गरेको पाइएमा उजुरी दिन भनेकी हुन्।

दाहाल, देउवा र ओलीबीच सिलसिलाबद्ध भेट, गठबन्धनभित्र खटपटको सङ्केत! आइतबार, चैत १८, २०८० नेतृत्व तहमा भइरहेका भेटवार्तालाई गठबन्धनभित्र सुरु भएको खटपटको सङ्केतका रुपमा पनि अर्थ लगाउन थालिएको छ। कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका केही नेताले वर्तमान गठबन्धनको निरन्तरता माथि धावा बोल्दै चाँडै नयाँ गठबन्धनको सरकार बन्ने भविष्यवाणी गरेकाले प्रधानमन्त्री दाहाल बढी छटपटीमा परेको बताइन्छ। कांग्रेस नेता शेखर कोइरालाले त आफ्नो पार्टी र एमालेबीच...

कर्णालीका मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने आइतबार, चैत १८, २०८० कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मंगलबार विश्वासको मत लिने भएका छन्। केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेका हुन्।

नयाँ समीकरणपछि अर्थतन्त्रमा उत्साह देखिएको छः प्रधानमन्त्री आइतबार, चैत १८, २०८० प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरणमा परिवर्तन भएसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको बताएका छन्।पार्टीका मधेस प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारहरूको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय अर्थतन्त्रले सकारात्मक लय लिएको बताएका हुन्।

आगामी कार्यदिशाबारे समाजवादी मोर्चाको विचार गोष्ठी पर्सि आइतबार, चैत १८, २०८० समाजवादी मोर्चाले आफ्नो कार्यदिशाबारे छलफल गर्ने भएको छ। आगामी चैत २० गते मंगलबार काठमाडौंमा विचार गोष्ठीको आयोजना गर्दै कार्यदिशाबारे छलफल गर्न लागेको हो। नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकिकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टी आवद्ध समाजवादी मोर्चाले चैत्र २० गते मङ्गलबार राष्ट्रिय सभा गृहमा विचार गोष्ठीको आयोजना गर्न...
-1710497760.jpg)
सांसदको गुनासो— सुनभन्दा महङ्गो भयो नुन आइतबार, चैत १८, २०८० प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले हिमाली जिल्लामा नुन नपाएकोदेखि विश्वविद्यालयबाट परीक्षार्थीको उत्तरपुस्तिका हराएकोलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा बोल्दै सांसदहरुले आगलागीका घटना, कृषि उत्पादनलगायतका विषय उठान गरे।

कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट उम्मेदवार टुंङ्ग्याउने आइतबार, चैत १८, २०८० प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवार चयनलगायतका विषयमा छलफल गर्न चैत्र २० गते मंगलबारका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार एक विज्ञप्ति जारी गर्दै कार्य सम्पादन समितिको बैठकबारे जानकारी गराएका हुन्।